मालेपाटन दुर्घटनाका छन्त्यालको पनि निधन, दुवैका विद्यालय शोकमा

मालेपाटन दुर्घटनाका छन्त्यालको पनि निधन, दुवैका विद्यालय शोकमा

Accident-1

पोखरा, १४ असार  । पोखराको मालेपाटनमा बुधबार साँझ भएको दुर्घटनामा परी घाईते भएका धनबहादुर छन्त्यालको पनि निधन भएको छ । बाइकमा सवार म्याग्दी बरञ्जा १ का छन्त्याल गम्भीर घाईते थिए । उनको पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको थियो ।

बुधबार साँझ ग १ ख २८९६ नम्बरको पानी बोक्ने ट्यांकरसँग ध १ प ५०२१ नम्बरको बाईक ठक्कर खाँदा बाईक चालक छन्त्याल घाईते भएका थिए भने पछाडी बस्ने बृन्दा थापाको घटनास्थलमै मृत्यु भएको थियो ।

छन्त्याल म्यादी मंगला गाउँपालिका ४ का शिक्षक हुन् भने थापा अन्नपूर्ण गाउँपालिका म्याग्दी घराम्दी आधारभुत विद्यालयकी शिक्षिका हुन् । अहिले दुवैको विद्यालय शोकमा छ । उनीहरु शिक्षक लोकसेवा तयारी परीक्षाको लागि पढ्न आएका थिए ।

उनीहरुको शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ऐनबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ