फेवा चेक ड्याममा डोजर, तालको २० रोपनी टापुमा परिणत (भिडियो सहित)

फेवा चेक ड्याममा डोजर, तालको २० रोपनी टापुमा परिणत (भिडियो सहित)

39176348_1028323794008009_1425864872381382656_n

फेवाताल मानिसको प्रत्यक्ष अतिक्रमणले मात्र साँघुरिएको होइन । फेवातालमा मिसिएर आफ्नो अस्तित्व सकिने फिर्के बुलौंदी खोलाहरुबाट तालमा पुग्ने माटो, लेदोले पनि दिनप्रतिदिन साँघुरिदै छ । फेवातालमा सोझै मिसाइएका ढल त एक कारण हुँदै हो, त्यसमाथि खोलामा मिसाइने ढल र फोहोर पनि अन्तिममा पुग्ने फेवाताल नै हो ।

त्यसैले गाइघाट ड्यामसाइडमा चेक ड्याम छ । यसको व्यवस्थापन नहुँदा टनका टन फोहोर थुप्रेर त्यहीं टापु बन्ने अवस्था थियो । पोखरा महानगरपालिकाले बुधबार बिहान डोजरले थुप्रिएका फोहोर फालेको छ । मानवीय अतिक्रमणको चपेटामा परेको फिर्केखोलामा बिसर्जन हुने फोहरमैलाका कारण चेकड्याम पुरिन गई फेवातालको झण्डै २० रोपनी पानीको भूभाग टापुमा परिणत भएको छ ।

नागरिक अभियन्ता रामबहादुर पौडेलले प्राकृतिक सम्पदाहरुको संरक्षणमा स्थानीय सरकारलाई जवाफदेही बनाउने गरि सबैले नागरिक खबरदारी गर्नुपर्नेमा जोड दिन्छन् ।

हेर्नुहोस् भिडियोः

https://www.facebook.com/gandaknews/videos/491878084608516/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ