प्रहरीले समात्ने बित्तिकै मापसे गरेका परियार हतकडी सहित भागे

प्रहरीले समात्ने बित्तिकै मापसे गरेका परियार हतकडी सहित भागे

arrest-pakrau

सांकेतिक तस्विर

पोखरा । गएराति पोखरा ५ पस्र्याङबाट हत्कडी सहित भागेका राजकुमार परियार अझै फेला पार्न सकेको छैन । हत्कडी सहित पक्राउ परेका युवा भागेपछि कास्की प्रहरीलाई यो विषय टाउको दुःखाई बनेको छ । प्रहरीले रातभर सर्च गरेपनि भेटाउन सकेन । विहानै देखि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

थुम्सीकोट, मादी ८ का १९ वर्षीय राजकुमार परियार आफ्ना दिदीभिनाजुसँगै प्रस्र्याङमा बस्दै आएका थिए । रक्सी खाएर पारिवारिक कलह गरेका कारण प्रहरीलाई गुनासो आएपछि टोली त्यहाँ पुगेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले आफ्नै कोठामा तोडफोड गरिरहेको सूचना दिएपछि सुरक्षाका लागि टोली त्यहाँ पुगेको जनाए । उनले नजिकै मकैबारी रहेको र ठूलो पानी परेका कारण पक्राउ परेका परियार भागेको बताए ।

डिएसपी कार्कीले गण्डकन्युजसँग भने:- ‘दिदी भिनाजुसँग बस्ने रहेछन् । रक्सी खाने गर्ने र खाएपछि होस गुम्ने परिवारले पनि बताउँछन् । घर भत्काउन थालेपछि दिदी भिनाजुले नै हामीलाई जानकारी गराएको हो । सुरक्षाका लागि टोली पुगेपछि लिन भ्यान पनि गयो, त्यतिबेलासम्म उनलाई हत्कडी लगाइएको थियो । त्यो ठाउँमा मकैबारी रहेछ, पानी परेको बेला पारेर भागिहाल्यो । हामी जसरी नि नियन्त्रणमा लिन्छौं ।’

उनले आफ्नै घरमा तोडफोड गरेको र अरु कसैको उजुरी नपरेको जनाउँदै कुनै पनि अपराधिक व्यक्ति भागेको भगाएको जसरी समाचारहरु आइरहेकोमा आपत्ति जनाए । हत्कडी सहित भागेका कारण पक्राउ गरेरै छाड्ने डिएसपी कार्कीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ