ग्रीन सिटीमा उपचाररत केपीलाई मन्त्री लालबाबु पण्डितले भेटे ( भिडियो सहित)

ग्रीन सिटीमा उपचाररत केपीलाई मन्त्री लालबाबु पण्डितले भेटे ( भिडियो सहित)

lalbabu_kp

काठमाडौं । गत २०७४ पुस २७ गते तीनकुने सरसफाई गर्दै काष्ठमण्डप सफाइ अभियान ‘क्लिन काष्ठमण्डप’ सुरु भयो । यसको अभियन्ता हुन् केपी खनाल । १७ वर्षे सानो केटोले यो दिनसम्म आइपुग्दा काठमाण्डौमा आफूलाई चिनाईसकेका छन् । पूर्व मन्त्रीदेखि बहालवाला मन्त्री, वरिष्ठ कलाकारलाई सँगै फोहोर संकलन गर्ने अभियानमा सडकमा झारिसकेका छन् ।

आज केपी अस्वस्थ छन् । अस्पतालले निःशुल्क उपचार गरिरहेको छ । तीनकुनेमा अभियान सुरु हुँदा प्रमुख आमन्त्रित व्यक्तित्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित त्यसबेला सांसद मात्र थिए । वातावरण मन्त्री भएपछि उनै केपीलाई साथ दिन फेरि सडकमा पण्डित झाडु लगाउन निस्किए ।

कान्छो सामाजिक अभियान्तको रुपमा चर्चामा आएका केपी खनाललाई सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भेटेका छन् । क्लिन काठमाडौं अभियानबाट चर्चित केपी चैत २७ गतेदेखि ग्रीन सिटी अस्पतालमा एपेन्डीसको उपचार गराईरहेका छन् ।

भेटमा मन्त्री पण्डितले स्वास्थ्यलाभको कामना गर्दै निको भएपछि अध्ययनलाई प्राथमिकता दिँदै अभियानमा लाग्न सुझाए । साथै मन्त्री पण्डितले सजिलै केही कुरा पाउँदैन र सजिलै पाएको कुरा लामो समय नटिक्ने भएको हुँदा आफ्नै संघर्षमा उनले अझैं धेरै काम गर्न बाँकी रहेको बताए ।

https://www.facebook.com/kshetra.khanal/videos/2253950184832181/

युवाहरुलाई नेतृत्व गर्दे क्लिन काठमाडौं अभियान चलाउँदै आएका १७ वर्षका केपी अहिले ग्रीन सिटीमा नै उपचाररत छन् । ‘म बद्लिन्छु, मेरो देश बद्लिन्छ’ भन्ने नाराको साथ सफाई अभियानमा लागेका केपीले उपत्यकामा मात्रै १७ सयभन्दा बढी युवाको नेतृत्व गरेका छन् ।

कैलाली घर भएका केपी बिबिएस अध्ययनको लागि काठमाडौं आएका हुन् । उनको अभियानमा देशका विभिन्न चर्चित व्यक्तिहरुले साथ दिँदै आईरहेका छन ।

हाल उनको उपचार ग्रीन सिटी अस्पतालले निःशुल्क गरेको छ । केपीको खाने बस्ने, कलेज खर्च सम्पूर्ण अस्पताले नै व्यहोर्ने अस्पताल सञ्चालन लोक बहादुर टण्डनले बताए ।

.

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ