पर्वतको मोदी बाउसेमा बस दुर्घटना, २१ जना घाइते, १२ जना पोखरा ल्याइयो

पर्वतको मोदी बाउसेमा बस दुर्घटना, २१ जना घाइते, १२ जना पोखरा ल्याइयो

31351381_1633758340012247_2543486079437111296_n

पर्वत, १३ वैशाख / पर्वतको मोदि गाउँपालिका–५ बाउसेमा विहीबार साँझ बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । तिलाहारबाट बाजुङ जादै गरेको यात्रु सवार ग १ ख ६२६९ नम्बरको बस दुर्घटनामा परेको हो ।

घाइते २१ जना मध्ये ९ जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने बाकि १२ जनाको पोखरा मनिपाल अस्पतालमा उपचारको लागि पठाईएको जिल्ला प्रहरी कार्यलय पर्बतले जनाएको छ । घाईते मध्ये धेरै जसोको टाउको र हातखुट्टामा चोट लागेकोे छ । भने घाईतेको अबस्था सामान्य रहेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार गाडीमा ३५ जना यात्रु सवार थिए भने चालकले घुम्ती मोड्ने बेला दुर्घटना भएको अनुमान गरिएको छ । घाइते हुनेमा मोदि गाउँपालिका आसपासका यात्रुहरु रहेका छन् । गाडीका चालकलाई प्रहरी नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ