पोखरेलीलाई लेदो पानी बेचेर संस्थानलाई २० करोड नाफा ! (भिडियो सहित)

पोखरेलीलाई लेदो पानी बेचेर संस्थानलाई २० करोड नाफा ! (भिडियो सहित)

Untitled

पोखरा । पोखरामा बर्खा लागेपछि मुख्य समस्या खानेपानी हो । खुला आकाशमुनीबाट बाँध बाँधेर खोलाको पानी सीधै पाईप भित्र पठाउँदा यहाँको पानी पिउन योग्य छैनन् । तर सम्बन्धित निकायलाई यसको चासो छैन ।

खानेपानीका बिषयमा जति धेरै बहस र छलफल हुनुपर्ने हो, पोखरेली नागरिक समाज र सरोकारवाला निकायले पनि उतिधेरै बहश चलाएको छैन । जसका कारण उपभोक्ताले जारको पानी किनेर पिईरहेका छन् भने केही उपभोक्ता सोझै फोहोर पानी पिउन बाध्य छन् ।

तर खानेपानी संस्थान भने तत्काल कुनैपनि उपाय चलाउन नसक्ने बताउँछन् । संस्थानको विन्ध्यावासिनी वितरण केन्द्र प्रमुख दिनेश्वर यादव पोखराको पूरानो चलन भैसकेको बताउँछन् । ‘पानी परेपछि खोलामा धमिलो पानी आउँछ । संस्थानले खोलाबाटै पानी ल्याएर वितरण गरिरहेको छ, उनले भने–एक दिन पनि पानी रोक्न सकिँदैन । अरु विकल्प पनि छैन ।’

https://www.facebook.com/gandaknews/videos/893103294215257/

उनका अनुसार असार, साउन र भदौ गरी ३ महिना चाहीँ धमिलो पानी आउछ । ‘५ करोड लिटर पानी मर्दीबाट मात्रै आउँछ । १ दिन पानी राकिदिने भने पोखराभरी हाहाकार हुन्छ, उनी थप्छन्–३ महिना धमिलो पानी आउने समस्या अहिलेको होईन । अव जाईकाको प्रोजेक्ट पूरा भएपछि सजिलो होला ।’

संस्थानले पोखराका ४१ हजार परिवारलाई पानी वितरण गर्दै आएको छ । मर्दीखोला, कालिखोला, भोटीखोला र संस्थानकै बोरिङबाट पानी आयात गरेर पोखराभित्र वितरण हुन्छ । संस्थानले खानेपानी बेचेर प्रति युनिट (१ हजार लिटर) को २५ रुपैयाँ लिन्छ ।

हरेक बर्ष २२ करोड हाराहारीमा पानी बेचेर संस्थालाई कमाई हुन्छ । ‘२२ करोड हाराहारीमा विलिङ प्रत्येक बर्ष हुन्छ । २ करोड संस्थान पोखराले खर्च गरेपनि २० करोड जति त नाफा हुन्छ, श्रोतले भन्यो–नेपाल खानेपानी संस्थानको मुटु भनेकै पोखरा हो । यहीँको नाफाले पूरा संस्थान चलेको छ ।’

संस्थानले १७ करोड रुपैयाँ अझै बजारबाट उठाउन बाँकी छ । कार्यालयका अनुसार ६ करोडसँग नागरिकसँग र बाँकी सरकारी कार्यालयसँग उठाउने बक्यौता रहेको छ । पोखरामा खानेपानी संस्थानमा आवश्यक कर्मचारी नभएकै कारण पनि स्वच्छ पानी वितरणमा समस्या भएको एक कर्मचारीले बताए । ‘१ सय ५९ जनाको दरबन्दी हो । अहिले ८२ जनाले मात्रै काम गरिरहेका छन्, उनले भने–जनशक्ति अभाव निकै छ । तर संस्थानले वास्ता गरेको छैन ।’

अहिले पोखरामा स्वच्छ पानी वितरण गर्ने उद्देश्यले जापान सहयोग नियोग (जाइका) ले ट्रिटमेण्ट प्लाण्ट निर्माणको काम गरिरहेको छ । आवश्यक जग्गा अधिग्रहणको काम सकिएको छ भने केही दिनभित्रै आयोजना निर्माणको लागि टेण्डर आह्वान हुने बताईएको छ ।

प्रकाश ढकाल / डिएनएनेपालबाट ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ