लेखनाथमा ७० वर्षीया वृद्धा ‘बलात्कृत’ ! पाण्डे विरुद्ध उजुरी

लेखनाथमा ७० वर्षीया वृद्धा ‘बलात्कृत’ ! पाण्डे विरुद्ध उजुरी

rape

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३१, नहरचोक लेखनाथकी ७० वर्षीया बृद्धा बलात्कृत भएको भन्दै आफन्तले प्रहरीकहाँ उजुरी दिएका छन् ।

बृद्धाका परिवारले छिमेकी ४५ वर्षीय रेवतीरमण पाण्डे विरुद्ध किटानी जाहेरी नै दिएका हुन् । राम्रोसँग आँखासमेत देख्न नसक्ने वृद्धालाई पाण्डेले बलात्कार गरेको पीडितको आरोप छ । तर, पाण्डे परिवार भने स्विकार्न तयार छैन । उनीहरुले फसाउन खोजेको बताउँछन् ।

रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो १ः४५ बजे बलात्कार गरेको बृद्धा परिवारको भनाई छ ।

पीडित पक्षका अनुसार यस्तो छ घटनाक्रमः

तीज मान्न पाण्डेका श्रीमती माइत गएकी थिईन् । एउटै घरको फरक कोठामा बस्ने पाण्डेले वृद्धाको छोरा सामान किन्न बेगनासताल चोक गए । श्रीमती माइत गएका बेला पाण्डेले बृद्धालाई घरकै कोठामा थुनेर जबरजस्ती गर्न थाले ।

स्थानीय एक युवकले वृद्धाकी छोरालाई खबर गरे । उनको छोरा आउन्जेलसम्म पाण्डे र वृद्धा कोठाभित्रै थिए । भित्रबाट चुकुल लगाइएको थियो । ति वृद्धाको छोरोले ढोका खोलेर पाण्डेलाई कुट्न थालेपछि पाण्डे उम्केर साइकल लिएर भागे । त्यसपछि पाण्डे विरुद्ध प्रहरीमा जाहेरी दिइयो ।

राम्रोसँग बोल्न पनि नसक्ने र आँखा पनि नदेख्ने बृद्धाले बुढ्यौली लवजमा बलात्कार बलात्कार भयो मात्र भनेको तर बलात्कारको प्रयास मात्र भएको हो वा बलात्कार नै भएको हो भन्ने खुल्न नसकेको कास्की प्रहरीको भनाई छ ।

पाण्डेलाई प्रहरीले अझै सम्म पनि नियन्त्रणमा लिन सकेको छैन । उनको खोजी गरिरहे पनि पक्राउ गर्न सकिएको छैन ।

अनावश्यक आरोप हो, हामी आफै उपस्थित गराउँँछौंः पाण्डे आफन्त

पाण्डेका आफन्तले भने बलात्कारको अनावश्यक आरोप मात्र लगाइएको जिकिर गरेको छ । उनीहरुले पाण्डेलाई उपस्थित गराउने बताएको प्रहरी स्रोत बताउँछ ।

प्रहरीले बलात्कार भए नभएको बुझ्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृद्धाको स्वास्थ्य परीक्षण गराएको छ । त्यसको रिपोर्ट आइनसकेको प्रहरीले बताएको छ ।

(प्रतिकात्मक तस्विर गुगलबाट लिइएको)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ