सराङकोटमा हत्या गरेर फालिएकी महिलाको पहिचान खुलेन, यस्तो छ हुलिया

सराङकोटमा हत्या गरेर फालिएकी महिलाको पहिचान खुलेन, यस्तो छ हुलिया

sabb

बुधबार पोखरा लेखनाथ महानगरपालिका – १८ सराङकोटमा फेला परेकी महिलाको शवको अझै पहिचान खुल्न सकेको छैन । सराङकोटको धोक्ने खोला सामुदायिक जंगलको झाडीमा पात पतिंगरले ढाकेको अवस्थामा अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको थियो ।

शवको प्रकृति र लुकाइएको अवस्थामा भेटिएकोले यो हत्या नै भएको देखिएपनि मृतक महिलाको कुनै पनि परिचय नखुलेकाले अनुसन्धानमा कठिनाई भएको छ । बुधबार दिउँसो करिब १ बजेको समयामा जंगलको झाडीमा पात पतिङ्गरले ढाकेको अबस्थामा शव भेटिएको थियो ।

शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा राखिएको प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

घटनास्थलमा मृत महिला चुरा पोते सिन्दुर लगाएको अवस्थामा भेटिएकाले मृत महिला विवाहित रहेको प्रहरीको भनाई छ । मोटो शरीर, बुट्टे टिसर्ट र कालो सुरुवाल लगाएकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ