गोरखामा ट्याक्टर दुर्घटना, १४ भारतीय नागरिक घाइते

गोरखामा ट्याक्टर दुर्घटना, १४ भारतीय नागरिक घाइते

accident-rutier

अश्विन दानी, गोरखा । गोरखा नगरपालिका–११ बिरेनचोक स्थित तिनधारेमा आइतबार ट्याक्टर दुर्घटना हुँदा १४ जना भारतीय मजदुर घाइते भएका छन् ।

ग१त ५९०१ नम्बरको ट्याक्टर दुर्घटनामा आबुँखैरेनी गोरखा सडकखण्डमा सडक स्तरोन्नतीको काम गर्दै आएका भारतीय मजदुरहरु घाइते भएका हुन् ।

आइतबार बिहान करिब ११ बजे खाना खानका लागि ट्याक्टर चढेर जाँदै गर्दा ट्याक्टरको पछाडिको ढाला खोल्सामा पल्टिएको थियो ।

घाइते हुनेमा भारत चौहान, कन्धे मलाह, सोनु शाह, मुवारक अलि, माधव च्याइ, सुवास चौहान, राजकुमार चौहान, रामरतन चौहान, पंकज चौहान, मिसार चौहान, शुशिल चौहान, राजुकामार चौहान, स्माइल मिया र अनिष अलि रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । घाइते मध्य कन्धे मलाह र मुवारक अलिको अवस्था केही जटिल देखिएपनि अन्यको भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ