अश्विन दानी, गोरखा । एक दशक भन्दा बढी समय विदेशी भूमिमा पसिना बेचेका गोरखा नगरपालिका ३ नारेश्वर (घलाङका) गोपाल दानी अहिले आफ्नै जन्मथलोमा पसिना चुहाउँदै छन् ।
घरपरिवार छोडेर सातसमुन्द्रपारी पुगेका उनी अहिले परिवारसँगै बसेर आम्दानी गरिरहेका छन् । मलेसिया, साउदी, दुबै लगायतका करिब आधा दर्जन देशमा दुख गरेका दानी अहिले कुखुरा पालन गरेर गाउँमै रमाउँदैछन् । एक दशक विदेशी भूमीमा गरेको कमाईले भन्दा दानी एक वर्षको बिचमा गाउँमै गरेको कमाईमा आनन्द मान्छन् ।
भन्छन् ‘विदेशी भूमीमा जति दुख गरेपनि केही उपाए लागेन ।’ विदेशबाट फर्केर गाउँमै ऋण खोजेर अहिले ब्रोइलर कुखुरा पालन थालेका दानीले महिनाको ५० हजार रुपैँया खुद आम्दानी गरेको सुनाए ।
‘कुखुरा पालनबाट अहिले सबै खर्च कटाएर मासिक ५० हजारभन्दा बढि आम्दामी गर्छु’ उनले भने ‘यति घेरै आम्दामी त मैले बिदेशमा पनि हुन्थेन ।’ बैदेशिक रोजगारीको क्रममा बिभिन्न देश पुगेपछि मात्रै उनले आफ्नै भूमीमा दुख गरे त्यहाँ हुने आम्दानी हुने बुझेको र फर्केको बताए ।
‘लाखौँ खर्च गरेर बिदेश गएको थिएँ’ उनले भने ‘जुन जोगी आएनी कानै चिरेको भनेजस्त मैले जुन देश गएपनि कतैपनि सोचे जस्तो कमाई गर्न सकिँन ।’
‘विदेशको कामले प्रगति भएन’ दानीले भने, ‘अहिले व्यवसाय सुरु गरेपछि एकदमै खुसि छु । परिवारको साथमै बसेर पैसा कमाएको छु ।’ विदेश बसेर आजित भएर फर्केका दानीलाई कुखुरा पाल्न उनकै श्रीमती नानुमैयाको साथ छ ।
‘मेरो व्यवसाय फस्टाउनुमा मेरी श्रीमतीको ठुलो देन छ’ दानी भन्छन् ‘गाउँका अरु दाजुभाइले कुखुरा व्यवसायबाटै राम्रो कमाई गरेको भन्दै व्यवसाय गर्न प्रोत्साहन गर्ने उनी नै हुन, नत्र अहिले कुन देशमा हुन्थेँ थाहा छैन ।’
दानीले कुखुरा व्यवसाय सँगै अहिले किराना पसल सञ्चालन गरेका छन् । दानी कुखुरा ब्यवसायलाई झन ठुलो बनाउने सोँचमा छन् । दानीलाई उत्पादन भएको कुखुरा विक्रिका लागि पनि समस्या छैन । उनका अनुसार फार्मको कुखुरा बजारका कुखुरा ठुला विक्रेताहरुले खरिद गरेर ल्याउने गरेका छन् ।
राम्रै कमाई गरेका दानीले सोँचेजस्तो कमाई अझै नभएको बताए । ‘ठुला डिलरवाला यहीँ किन्न आउँछन्’ उनी भन्छन् ‘उनीहरुले सस्तोमा कुखुरा लान्छन त्यसैले जत्ति कमाई हुन्थ्यो त्यो भन्दा कममा नै चित्त बुझाउनु पर्छ ।’
दानीले कुखुरा पालन सम्बन्धि बिभिन्न तालिम समेत लिएका छन् । तालिममा सिकेका कुराले घेरै फाईदा पुगेको दानीको भनाई छ । सरकारले ब्यवसाय गर्नेहरुलाई लगानी गर्ने बताइरहेपनि गाउँका ब्यवसायिहरुले त्यसको लाभ लिन नपाएको भन्दै उनले गुनासो गरे ।

सम्बन्धित खबर
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह