राष्ट्रिय महिला आयोगको टोली मुस्ताङमा

राष्ट्रिय महिला आयोगको टोली मुस्ताङमा

samadha-pis
सुन्दर कुमार थकाली,मुस्ताङ
समाजमा महिला बिरुद्ध  हुने सबै प्रकारका हिंसा न्युनिकरण तथा त्यसको समुचित व्यवस्थापनका लागि  राष्ट्रिय महिला आयोगको एक प्रतिनिधि टोली बुधबार मुस्ताङ आएको छ । आयोगका शाखा अधिकृत भरतकुमार धमला,टोपलाल भुषाल,अमर गिरी,साबित्री धमला मुस्ताङ आएका हुन् ।टोलीले स्थानीयतहका महिला तथा सरोकारवाला  र विभिन्न बिद्यालयका बिद्यार्थीलाई महिला हिंसाबारे सुसुचित गर्ने जनाएको छ ।
महिलामा हुने सबै प्रकारका हिंसाका घटना न्युनिरकण तथा यसको चपेटामा पिल्सिएका महिलालाई न्यायिक निकायको पँहुचमा कसरी पु¥याउने भन्ने उद्देश्यका साथ आयोगले देशका ७७ वटै जिल्लामा जनचेतनामुलक अन्तरक्रिया गर्दे आएको जनाएको छ ।जसअन्र्गत आयोगले बुधबार हिमालपारीको जिल्ला मुस्ताङको जोमसोममा एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
मुलुक संघीयतामा प्रबेश गरिसकेको परिपेक्षमा स्थानीय तहमा गठित न्यायिक समिति,स्थानीय प्रशासन र सुरक्षा निकाय आदीको टोलीलाई महिला हिंसा  र यसको न्युनिकरण बिषयमा सुसुक्षित गराउने उद्देश्यले राष्ट्रिय महिला आयोगले यसप्रकारको कार्यक्रम आयोजना गरेको हो ।  महिला तथा वालवालिका कार्यालय जोमसोमको समन्वयमा भएको अन्तरक्रियामा आयोगका शाखा अधिकृत  भरतकुमार धमलाले लैङ्गिक हिंसाबारे श्रव्यदृष्य प्रस्तुतीकरण राखेका थिए ।उनले महिला बिरुद्ध हुने हिंसाका घटना दोहोरिनुको मुख्य कारण समाजमा चेतनाको कमी रहेको औल्याए । समाजमा महिलाहरुलाई मनोरञ्जनका साधनका रुपमा पुरुषले उपयोग गर्नु,रुढिवादी चलन र पितृसत्तात्मक देश हुनु,देशमा रोजगारीको ग्यारेण्टी नहुनु,महिला स्वंयम् मानसिक रुपमा कमजोर हुनु ,घरायशी कामधन्दा महिलाले मात्रै गर्नुपर्छ भन्ने मान्यताको बिकास हुनु ,लागु पदार्थ सेवन गरेर महिला माथि ज्यादती गरिनु,दाईजो प्रथाको अन्त्य हुन नसक्नु, महिला हिंसा बिरुद्ध पुरुष संवेदनशिलताको अभाव खट्किनु  मुख्य भएको उनको भनाई छ।शाखा अधिकृत धमलाले महिला विरुद्ध सबै खाले हिंसाको मुख्य कारकतत्व शारिरीक ,मानसिक,आर्थिक र सामाजिक विषय जोडिने गरेको उल्लेख गरे । यौन हिंसामा जोडिएका अपराध न्युनिकरणमा सरकारले सक्रियता देखाएपनि अपेक्षा अनुसारको प्रगती हुन नसकेको स्पष्ट पारे ।
कार्यक्रमको उद्देश्य बारे जानकारी दिदै आयोगका प्रतिनिधि अमन गिरीले लैङ्गिकतामा जोडिएका सबैप्रकारका हिंसा,समाजमा सृजित सबै प्रकार  भेदभाव न्युनिरकणमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाए ।उनले महिलामा समान पँहुच,राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी दस्तावेजको कार्यान्वयन र राज्यका सबै निकाय र क्षेत्रहरुमा महिलाहरुको अर्थपुर्ण सहभागीता र प्रतिनिधित्व सुनिश्चितता प्रदान गर्ने मुख्य ध्येय भएको गिरीले सुनाए । गिरीका अनुसार यसप्रकारका कार्यक्रम मार्फत आयोगले महिला वर्गको हकहितको संरक्षण तथा शसक्तिकरण गर्दे बिकासको मुल प्रवाहमा महिला वर्गलाई समाहित गर्ने उद्देश्य रहेको बताए ।
जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले महिला उत्थान र समाजमा हुने सबै खाले हिंसा न्युनिकरणका लागि राज्यबाट भएको यसप्रकार प्रयास राम्रो भएको जनाईन् ।उनले जवसम्म महिला वर्गको हकहितका लागि  प्रयास हुदै तब देश आर्थिक बिकासतर्फ लम्किन नसक्ने उल्लेख गरिन् ।‘हामी महिला हक अधिकारका कुरा गछैं ,तर,यहाँ महिलाले महिला माथिनै विभेद र दमन गर्दे आएको पाउँछौ’उनले भनीन्‘महिलाहरुमा जब सम्म चेतनाको बिकास हुदैन महिला अधिकारको रटान छेपारोको उखान जस्तै हुन्छ ।’
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेले  राज्यले महिला हिंसा जस्ता श्रखंला न्युनिकरण गर्न विभिन्न सेवाहरु प्रदान गर्दे आएको उल्लेख गरे ।उनले महिलालाई शारिरीक मानसिक ,आर्थिक रुपमा सबल बनाउन सकिए मात्र  महिला हिंसा कम हुने तर्क गरे ।‘हामी अधिकारको कुरा गछौ,समाजमा भएका घटनालाई बाहिर ल्याउन चाहदैनौ ,यसकारण महिला माथि हिंसाका विभिन्न घटना सृजना हुन्छन् ,उनले भने‘महिलालाई गाहो साहे अप्ठारो पर्दा न्यायिक निकाय छन् ।जब सम्म महिला मानसिक रुपमा सक्षम हुदैन तब अधिकार प्राप्ती कुरा निरर्थक रहन्छ ।‘
घरपझोङ गाउँपालिका न्यायिक समितिकी संयोजक शर्मिला गुरुङले महिला प्रति हने हिंसाका घटनामा अझै समाज मुक्त हुन नसकेको जिकिर गरिन् ।उनले महिला र्हिसा दोहोरिनु देश पितृ सत्तात्मक भएको र संघियताको निर्वाचनपछि पनि महिला जनप्रतिनिधि समेतलाई घरपरिवाबाट हिंसा हुने गरेकाले महिला जनप्रतिनिधि दिनप्रती दिन डिप्रेशनको शिकार भईरहेको स्पष्ट पारिन् ।जिल्ला प्रहरी कार्यालयका डिएसपी मेहन्द्र खड्काले महिला माथि हुने सबैखाले हिंसा यततत्र सर्वत्र रहेको जनाए ।उनले महिला माथि हुने ज्यादती तराईका जिल्लामा बढी रहेको चर्चा गर्दे मुस्ताङमा महिला हिंसाका घटना अत्यन्तै न्युन भएको उल्लेख गरे ।गाउँपालिका अध्यक्ष आशबहादुर थकालीले समाजमा भएका बिकृती बिसङ्गतीका कारण महिला हिंसा बढेको उल्लेख गर्दे यस्ता जडहरुलाई निमिट्यान्न पार्न सरोकारवाला निकायले चाँसो दिनुपर्ने तर्क गरे ।कार्यक्रममा जिसस अधिकारी केशव बिमलीले महिला हिंसाका बारे बोलेका थिए ।
राष्ट्रिय महिला आयोगले समाजमा हिंसाको चपेटामा परेका महिला तथ पीडितका सरोकारवालालाई सुचना प्रवाह गर्न हेल्पलाईन टेलिफोन,एस.एम.एस,फेसबुक पेज र वेवसाईड राखेको छ ।महिला कतै कुनै ठाउँमा हिंसामा परेका भए आयोगको हेल्फ नम्बर ११४५ मा संम्पर्क गर्न सकिने र आयोगले पीडित महिलालाई न्यायका लागि पहल गर्ने जनाईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ