घिमिरेको तीज एल्बम ‘चम्किलो जुन छै’ बजारमा

घिमिरेको तीज एल्बम ‘चम्किलो जुन छै’ बजारमा

37984055_2077280865677969_1324902749736796160_n
महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले तीज गीतको एल्बम ‘चम्किलो जुन छैन’ को अडियो तथा भिडियो सार्वजनिक गरेका छन् ।
चन्दन म्युजिक प्रालिको उत्पादक तथा बितरक रहेको एल्बम चम्किलो जुन छैन गीतमा संगीता सुवेदी,बिष्णु अधिकारी,चन्द्रिका खत्री, बिकाश कार्कीको बेजोड नृत्य प्रस्तुती हेर्न पाईन्छ ।एल्बममा केशव घिमिरको लय तथा शब्द रचनामा गायिका देबि घर्ती को कर्णप्रिय स्वर रहेको छ। त्यस्तै घिमिरेकै शब्द रचना र लयमा दिपक कार्कीको ‘मै नाच्न न जान्नी’ बोलको अर्को तिज गीत बजारमा आइसकेको छ ।
केटीः सानू तिम्ले लगाउदा सारी ,हेर्छु आखा झिमिक्कै नपारी मायालुले हेरन ऐना तिमी जस्तो चम्किलो जुन छैन ।
केटीःजानेका छौ फुर्क्याउन निकै, सुहाउछु र म तिम्रो नजिकै मायालुले हेरन ऐना ,तिमी जस्तो उज्यालो जुन छैन ।
प्रेमी प्रेमीकाबीच आपसमा एकले अर्कोलाई गर्ने प्रंशसाका शब्दहरु संयोजन रहेको यस बर्षकै उत्कृष्ट गीत बोल माया गीतका जोडीहरु मोडल प्रकाश सपूत र अञ्जली अधिकारीले चम्किलो जुन छैनमा छमछ्म नृत्य गरेको देख्न सकिन्छ। बिगत १ दशकअघि देखि साङितिक क्षेत्रमा समर्पित घिमिरेका किन्दिउला म चुरा,म पनि के छु र कमि ,चट सारी मिलाएर लाउन सिकाइदिउला,नारी त लक्ष्मी हुन,आमाले पकाएको खाउला मिठो दर,एक नम्बर ,पुराना भाका नै हराछ्न ,बचन न लाउ है लगायत लोक दोहोरी गीत जेल मा थुनेनी ,रुन्छु बाह्ै महिना,देख्न मन लाइरन्छ,धर्ती फाटला ,आधीखोला तरेर,मागी बिवाह संगै करिब १ सय ५० भन्दा बढी गीतहरु बजारमा आइसकेका छन्
दुर्गा पौडेलको छायांकन,बिजय बुढा मगरको निर्देशन ,नवीन घर्ती को सम्पादन रहेको एल्वम् चम्किलो जुन छैन को निर्माण एकता फिल्मस् प्रालिको रहेको छ । सर्जक तथा गायक घिमिरेका अनुसार मेला ,महोत्सव ,पार्टी ,प्यालेस र जुन सुकै कार्यक्रममा पनि नाच्न मिल्ने सजिलो र सरल शब्द ,संगीत रहेको गित उत्पादन गरेको उल्लेख गरे ।उनले गीतको म्युजिक भिडियो पनि उत्कृष्ट रहेको दावी गरे ।‘ आफ्नै युटुव च्यानल र म्युजिक च्यानलबाट नै गित ल्याएका हौ’उनले भने‘ ्एल्बमको गीत र भिडियो राम्रो बनेको छ ।’घिमिरले श्रोता तथा दर्शकलाई एकपटक एल्मबका गीत हेरेर सल्लाह र सुझाव दिन समेत आग्रह गरेका छन् ।
एल्बम ‘चम्किलो जुन छैन’ को भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds