स्वस्थ रहनको लागि खालीपेटमा यी खानेकुराहरु नखानुस !

स्वस्थ रहनको लागि खालीपेटमा यी खानेकुराहरु नखानुस !

stomize-tajasuchana-

 हरेक मानिस स्वस्थ रहनको लागि उसको जीवनशैली खानपानको विशेष भुमिका हुन्छ । हाम्रो स्वास्थ्यका लागि आवश्यक बस्तुहरू धेरै छन् । तर खानपानको व्यवस्थापनले त्यसको प्रभावकारिता सिद्ध गर्छ। अझ हामीले कुन समय के कस्तो खानेकुरा खाने भन्नेमा विशेष ध्यान दिनु पर्दछ । कुन खानेकुरा कुन समय र अवस्थामा के कति मात्रामा खाने भन्नेमा ध्यान दिन सके मानिसको स्वास्थ्य धेरै राम्रो हुनुका साथै मानिस निरोगी बन्छ । यी हुन् खालीपेटमा खान नहुने खानेकुरा :

टमाटर : टमाटर स्वास्थ्यका लागि फलदायी हुन्छ । तर यसलाई खाली पेटमा सेवन गर्दा स्वास्थ्यमा प्रतिकूल असर पार्ने गर्छ । टमाटरमा विभिन्न खालका भिटामिनहरू प्रचूर मात्रामा हुने भएकाले यसलाई खाली पेटमा खानु हुँदैन । खालीपेटमा खाँदा ग्यास्टिक बढाउने तथा पेट दुख्ने समस्या हुन सक्छ । लामो समयसम्म खाली पेट रहेको अवस्थामा टमाटर खाए अल्सरको जोखिमसमेत हुनेछ ।

अमिलो फलफूल : धेरैको ब्रेकफास्टमा फलफूल खाने गर्छन् । तर केही त्यस्ता फलफूल छन् जुन बिहान खाली पेटमा खानु राम्रो हुदैन। विशेषगरी सुन्तला, अंगुर, आँप तथा अमिलोयुक्त फलफूल खालीपेटमा खानु राम्रो हुँदैन । यस्ता फलफूलमा फाइवर, भिटामिन सीलगायत धेरै हुनाले यस्ता खानेकुरा खालीपेटमा खाँदा ग्यास्ट्रिक बढ्ने र पेट पोल्ने तथा दुख्ने समस्या हुन्छ । ग्यास्ट्रिक बिग्रिएमा अल्सर हुने सम्भावना हुन्छ ।

चिया तथा कफी : धेरैले बिहान उठ्ने बित्तिकै चिया तथा कफी सेवन गर्ने बानी हुन्छ । तर खाली पेटमा दूध हालेको चिया तथा कफी सेवन गर्नु बिष सरह हो । यसले पाचन प्रणालीमा समेत असर गर्ने गर्छ । कफीमा हाइड्रोक्लोरिक एसिड धेरै हुने भएकाले यसले कब्जियत तथा भमिट हुने समस्या निम्ताउँछ । त्यसैले सकेसम्म बिहान दूध हालेको चिया तथा कफी नखानुस् । बानी बसिसकेको भए त्यसको केही समयअघि पानी पिउननले केहि हद सम्म राम्रो    हुन्छ ।

औषधि : धेरैजसो औषधि खालीपेटमा खानु हुँदैन । चिकित्सकले खाली पेटमै खाने भनेर सिफारिस गरेकाबाहेक अरु औषधि खाँदा औषधिको डोज मात्रा धेरै हुने भएकाले हाम्रो शरीरलाई असर गर्दछ । खाली पेटमा औषधि सेवन गर्दा त्यसमा रहेको अनावश्क तत्वले शरीरमा झन् अर्को समस्या निम्ताउँछ ।

केरा : कतिपयले शरीरको तौल बढाउने उद्देश्यले खालीपेटमा दूध तथा केरा खाने गर्दछन् । तर खालीपेटमा केरा खानु स्वास्थ्यको लागि फाइदाजनक देखिँदैन । खालीपेटमा केरा खाँदा शरीरमा हुने म्याग्निसियम र केरामा हुने क्याल्सियमको रसायनिक प्रतिक्रिया हुने गर्छ । यसबाट अपच, पेट फुल्ने तथा एसिडको समस्या बढ्ने जोखिम   हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ