कोलकत्ता: भारतको पश्चिम बंगालमा दुई राजनीतिक दलबीच भएको गोली हानाहानमा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीनजना सत्तारुढ भारतीय जनता पार्टीका कार्यकर्ता रहेको बताइएको छ। अर्का एकजना भने तृणमूल कांग्रेसका कार्यकर्ता रहेको बताइएको छ। हिंसामा १८ जना घाइते भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचनको क्रममा पश्चिम बंगालमा गरेको प्रचारप्रसार देखि नै सत्तारुढ भाजपा र तृणमूल कांग्रेसका कार्यकर्ताबीच झडपका घटना भइरहेका थिए । भाजपाका नेता मुकुल रोयले त्रृणमूल कांग्रेसका कार्यकर्ताहरुले आफ्नो कार्यालयमा आक्रमण गरेकोमा त्यसको विरोध गर्न जाँदा गोली चलेको बताएका छन् ।
निर्वाचनका क्रममा मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीबीच आरोप प्रत्यारोप भएको थियो। भाजपाले ममताले बंगालमा निरंकुश शासन चलाएको आरोप लगाउँदा ममताले भने मोदी सरकारले प्रदेश सरकारहरुमाथि राज गर्न कोसिस गरिरहेको आरोप लगाउँदै आएकी छिन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग