तनहुँमा दुई चरणमा २८ हजार ७६४ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने

तनहुँमा दुई चरणमा २८ हजार ७६४ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने

Dadura-Rubela Khop Tanahun 20

किरण श्रेष्ठ, तनहुँ । तनहुँमा नौ महिनादेखि पाँच वर्षमुनिका २८ हजार ७६४ जना बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय तनहुँले दिएको जानकारीअनुसार यसका लागि आगामी चैत १ गतेदेखि १८ गतेसम्म जिल्लामा खोप अभियान सञ्चालनमा हुने छन् ।

अभियानमा ५ सय ३० खोप केन्द्र, खोप कार्यकर्ताहरु २०४ र १ हजार ६० स्वयंसेवकसमेत परिचालन गरिने जनाइएको छ ।

अभियान अन्तर्गत तनहुँमा हजार बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकर बाबु अधिकारिले जानकारी दिए ।

अगामी चैत १ गतेदेखि ९ गतेसम्म पहिलो चरणमा जिल्लाका व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिक, भिमाद नगरपालिका, भानु नगरपालिका, घिरिङ्ग गाउँपालिका, रिसिङ्ग गाउँपालिकामा सञ्चालन गरिने छ ।

त्यस्तै चैत १० देखि १८ गतेसम्म दोस्रो चरणअन्तर्गत व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आबुँखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, रिसिङ्ग गाउँपालिका बालबालिकालाई खोप लगाइने कार्यक्रम तय भएको उनले जानकारी दिए । उनले भने, “बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप दुई चरणमा लगाउने योजना बनाएका छौँ, हाम्रो अभियानमा सबै स्थानीय तहले साथ र सहयोग गर्न जरुरी छ ।”

ढुक्क साथ आफ्ना बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन प्रमुख अधिकारिले आग्रह गरे ।

स्वास्थ्य कार्यालयका प्रमुख अधिकारिले भने, “दादुरा–रुवेलाविरुद्धको खोप लगाउन कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले यहाँका स्थानीय तहसँगको सहकार्यमा खोप अभियान सञ्चालन हुँदैछ । यसमा सहयोग गर्न म सबैमा आह्वान गर्छु । ”

समुदायमा दादुरा र रुवेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन खोप कभरेज सबै तहमा ९५.५ प्रतिशत भन्दा बढी भएको यकिन गर्ने उद्देश्य रहेको छ ।

अभियानको क्रममा नियमित खोप कार्यक्रमलाई सुद्दृढीकरण गरी खोपको उपभोग दर बृद्धि गर्ने जसमा दुई बर्ष मुनिका बालबालिकाको नियमित खोपमा छुटेको खोपको पहिचान गरी छुटेको नियमित दादुरा–रुबेला लगाएत अन्य खोप प्रदान गर्ने उद्धेश्य रहेको छ ।

विश्वमा दादुराबाट हुने मृत्युदर ८४ प्रतिशतले घटिसकेको छ । दक्षिण पूर्वी एसियाका ५ वटा देशहरु श्रीलंका, भुटान, माल्दिभ्स, टिमोर लिष्टे र दक्षिण कोरियाले दादुरा रुबेला रोग निवारण गरिसकेका छन् ।

नेपाल लगायत अन्य ६ देशले रुबेला सि.आर.एस. लाई नियन्त्रण गरेका छन् । दादुरा धेरै जसो विकासोन्मुख र कम आय भएका देशहरूमा उल्लेख्य रुपमा देखा परिरहेको छ ।

हाल विश्व भरी नै दादुराको संक्रमण भै रहेको छ , यो रोग बाट दैनिक ३०० जना बच्चाको मृत्यु हुन्छ ।

दादुरा र रुवेला रोग

दादुरा र रुवेला दुवै रोगहरु भाइरस बाट हुन्छ ।
यि रोगहरु धेरै छिटो सर्ने अति संक्रामक हुन्छन र छिट्टै महामारीको रुप लिन सक्छ ।
यि रोग कुनै पनि उमेर को मानिसलाई र विशेष गरी ५ वर्षमुनिका बालबालिकामा धेरै लाग्न सक्दछ ।

दादुरा बालबालिकको मृत्यु गराउने प्रमुख कारण मध्ये एक हो ।
दादुरा रुवेला रोग विरुद्धको खोपले रोगकोबाट हुने मृत्युमा उल्लेखनिय रुपमा कमी आएको विभिन्न तथ्याङ्कले पुष्टि गरेको छ ।

दादुरा रुवेला रोग सर्ने तरिका

यि भाइरस नाक तथा घाँटीमा बृद्धि भई श्वासप्रश्वास नली एवम््ं शरीरको अरु भित्रि अङ्गहरूमा संक्रमण गर्दछन्
रोगीले खोक्दा वा हाच्छिउँ गर्दा हावाको माध्यमबाट यि भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछन्

दादुरा र रुवेला रोगको लक्षण तथा चिन्हहरू

उच्च ज्वरो (रोगीसगँ सम्पर्क भएको १०–१२ दिन पछि)
नाकबाट पानी बग्ने, खोकी लाग्ने वा आँखा रातो हुने (यि लक्षणहरू २–४ दिन सम्म रहन सक्दछ)
रोगीसगँ सम्पर्क भएको ७–२१ दिन भित्र राता बिमिराहरू देखा पर्दछ ।
बिमिराहरू पहिले अनुहारमा र गर्दनको माथिल्लो भागमा देखा पर्दछ र ३ दिन भित्र तल सर्दै जिउको सम्पूर्ण भाग र हात खुट्टामा पनि देखा पर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ