पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दिगो बिकास लक्ष्य प्राप्तीका लागी यसका सूचकहरुलाई ध्यानमा राखेर योजना निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।
प्रदेश दिगो विकास लक्ष्य निर्देशक समितिको वैठकमा बोल्दै मुख्यमन्त्री अधिकारीले दिगो बिकास लक्ष्यले देखाएका विषय र प्रदेशको योजनाहरुको व्यवहारिक कार्यान्वयनको पाटो अलग हुन नहुने बताए ।
आवश्यकता आधारमा योजनाहरुको प्राथमिकीकरण गरिनुपर्ने उनको भनाई थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री हरि बहादुर चुमानले दिगो विकास लक्ष्य प्राप्तीका लागी योजनाहरु कुन ? कहाँ ? कसरी गर्ने र त्यसका लागी के के ? पहल गर्नुपर्छ भन्ने बारेमा ध्यान दिन आवश्यक रहेको बताए ।
आर्थिक मामिला तथा योजना मन्त्री सिता सुन्दासले मानव स्रोत विकासका लागि योजना बनाउन सकियो भने दिगो विकास लक्ष्य प्राप्तीमा सहज हुने बताए ।
दिर्घकालीन सोच राखेर दक्ष प्रविधिक जनशक्ति बढाउन आवश्यक रहेको उनको भनाई थियो ।
कतिपय विषयमा झन्झटिलो प्रकृयाका कारण काम गर्न ढिलाई असहज हुने गरेको मन्त्री सुन्दासले बताए ।
सामाजिक बिकास मन्त्री पञ्चराम गुरुङले पछिल्लो तथ्यांकले शिक्षामा खस्कंदो सूचक देखिएकाले त्यसतर्फ ध्यान दिने बताए ।
प्रविधिक र सिपमुलक शिक्षामा जोड दिएर अगाडी बढ्नुपर्ने उनको भनाई थियो ।
कृषि,उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले राजनीति अस्थिर भन्दा नीति योजनाहरुको कार्यन्वयन कमजोर बन्ने गरेको बताए ।
गण्डकी प्रदेशमा जम्म ६ प्रतिशत मात्रै अवल कृषि जमिन रहेको बताउँदै जिवनपयोगी मात्र नभई व्यवसायीक कृषि र बजारीकरण प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेले विषयगत कार्यालयहरुको उपलब्धी सन्तोषजनक नरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. गिरधारी शर्माले समग्रमा दिगो बिकास लक्ष्य कार्यान्वयनको स्थिती बारे प्रस्तुतीकरण गर्दै पछिल्लो ०७८÷७९ मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ६.१७ प्रतिशत रहेको बताए ।
तथ्यांक अनुसार प्रदेशमा १५ देखी २४ वर्ष उमेर समुहका ६० प्रतिशत युवाहरु रोजगारी वा काममा सहभागी नभएको उनले जानकारी दिए । ‘एसईई पश्चात युवाहरु विदेशका लागी प्रयास गर्ने, माध्यमिक तह जोइन नहुने क्रम बढेको छ’, उनले भने, ‘न पढाई अगाडी बढाउन न त रोजगारीमा जोडिने यस्तो संख्या बढ्दो छ यसलाई न्युनिकरण कसरी गर्न सकिएला?’
२०७७ सालमा बनेको संरचनाको पहिलो पटक मंगलबार मुख्यमन्त्री अधिकारीको अध्यक्षतमा वैठक बसेको हो ।
वैठकले दिगो विकास लक्ष्यको स्थानीय तहमा कार्यान्वयनको अवस्था सम्बन्धमा समीक्षा गरी प्रतिवेदन पठाउन ८५ वटै स्थानीय तहका स्थानीय तह दिगो विकास लक्ष्य समन्वय, अनुगमन र मुल्यांकन समितीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै प्रदेश नीति तथा योजनाको संयोजन रहनेगरी प्रदेशको दिगो विकास समन्वय समितिले दिगो विकास लक्ष्य कार्यान्वयनको लागी सार्वजनिकm निजी र सामुदायिक क्षेत्रबीच समन्वयन, अनुगमन र मुल्यांकनको कार्य अगाडी बढाउने निर्णय गरेको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो