पोखरा । पोखरा महानगरपालिका–१४ को बाच्छीबुडुवामा सेती नदीले जमिन कटान गर्दा जोखिममा परेको शिवालय मन्दिर पुनः निर्माण गरिएको छ । पुरानै मन्दिर भएको ठाउँको आडैमा बनाइएको नयाँ मन्दिरको शिवरात्रिको अवसरमा शुक्रबार गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले उद्घाटन गरे ।
वर्षेनि कटानको जोखिममा पर्दै आएको मन्दिर छेउको ग्याबिन एक वर्षअघि नदीको कटानले बगाएको थियो । त्यसपछि करिब १४ लाख ७० हजार रूपैयाँ लगानीमा नयाँ मन्दिर निर्माण गरिएको हो । सांसद केसीको पहलमा प्रदेश सरकारबाट ११ लाख ५० हजार रूपैयाँ र स्थानीयको जनश्रमदान ३ लाख १२ हजार रूपैयाँमा पुनः निर्माण भएको हो ।
उद्घाटनपछि बोल्दै सांसद केसीले सेतीले गरेको कटान र वृद्धाश्रमको बारेमा आफूले संसदमा आवाज उठाइरहेको र आगामी दिनमा पनि आफ्नो दायित्वबाट पछि नहट्ने बताए । ‘मेरो निर्वाचन क्षेत्रमा अरू वडा पनि पर्छन् । अरू ठाउँमा पनि मैले योगदान गर्नु मेरो दायित्व हो,’ सांसद केसीले भने, ‘आफू हुर्के–खेलेको ठाउँ भएकाले मन्दिर र वृद्धाश्रमको मलाई माया छ ।’ उनले वृद्धाश्रमलाई व्यवस्थित बनाउन आफूले प्रदेश सरकारसँग माग गरेको र त्यसको फलोअप गर्ने सुनाए ।
कार्यक्रममा पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्की, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोकर्ण कार्की, मन्दिर पुनःनिर्माण समिति अध्यक्ष गुञ्जबहादुर कार्की, स्थानीय कमलनयन गौतमलगायत उपस्थित थिए । कार्यक्रम सञ्चालन मन्दिर पुनःनिर्माण समिति सचिव रेशम जिसीले गरेका थिए ।
सम्बन्धित खबर
बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
पोखरा ७ पूर्णखोप सुनिश्चित घोषणा
एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्न कसैले रोक्न सक्दैन : अधिकारी
बागलुङको अमलाचौर र नारायणस्थानका विद्यालयमा शैक्षिक सामाग्री वितरण
प्रतिभामा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यासः सदनको कप्तान, उपकप्तान चुनावबाटै चयन
१० महिनामा एक लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग