बाबुराम भट्टराई १५ असारमा ‘हली’ बन्दा यस्तो देखिए (फोटो फिचर)

बाबुराम भट्टराई १५ असारमा ‘हली’ बन्दा यस्तो देखिए (फोटो फिचर)

Untitled

सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरेको छ । आइतबार सरकारी स्तरबाट बर्दियामा कार्यक्रम गरिएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने रोपाई गर्न गृहजिल्ला गोरखा पुगेका छन् ।

उनले आफ्नो पुर्ख्यौली थलोमा रोपाई कार्यक्रममा सहभागी भएर १५ असार मनाए । पालुङटार नगरपालिका १ र सफल मल्टिपर्पोज कृषि फार्मको आयोजनामा रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको उनले ट्विटरमा उल्लेख गरेका छन् ।

रोपाई कार्यक्रममा भट्टराईले खेत साउने, बाउसे गर्ने र रोप्ने काम गरे । उनले किसानकै भेषमा छत्रे टोपी सर्ट र हाफ पाइन्ट लगाएर रोपाईमा सहभागी भएका थिए ।

हेर्नुहोस् तस्वीरहरु

तस्वीरहरु : बाबुराम भट्टराईको फेसबुकबाट 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ