लमजुङको भुजुङमा फुटबल प्रतियोगिता हुँदै, गाउँको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्य

लमजुङको भुजुङमा फुटबल प्रतियोगिता हुँदै, गाउँको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्य

patrakar sammelan bhujung

श्यामशितल परियार , लमजुङ । लमजुङको क्वहोलासोँथर गाउँपालिका–४, मा रहेको पर्यटकीय गाउँ भुजुङमा १५ औँ लालीगुराँस फुटबल कप प्रतियोगिता २०७५ हुने भएको छ ।

महाशिवरात्रीको अवसरमा स्थानीय लालीगुराँस युवा क्लवको आयोजनामा भुजुङमा फुटबल प्रतियोगिता हुने भएको हो ।

भुजुङमा फागुन २० गतेदेखी प्रतियोगिता सञ्चालन हुने बुधबार बेसीशहरमा पत्रकार भेटघाटमार्फत जानकारी गराईएको छ ।

गाउँको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने हेतुका साथ फुटबल प्रतियोगिता गर्न लागिएको क्लवका अध्यक्ष नौराज गुरुङले बताए ।

क्लवका सचिव यम बहादुर गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुने फुटबल समूहले पुरस्कार स्वरुप नगद १ लाख ५ रुपैयाँ, स्वर्ण पदक र कप पाउने छ ।

यस्तै, दोस्रो हुने फुटबल समूहले नगद ५० हजार ५ रुपैयाँ, रजत पदक र कप पाउने छ । प्रतियोगिताका सेमिफाइनलतर्फका दुई फुटबल समूहले नगद १०÷१० हजार रुपैयाँ पाउने छन् ।

उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद ५÷५ हजार र मेडल पाउने छन् ।  अनुशासित टिमलाई ट्रफीको व्यवस्था गरिएको छ । भुजुङमा विगत लामो समयदेखी होमस्टे सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ