पत्रकारलाई समर्थन गर्ने पहिलो दल ‘विवेकशील साझा’, भन्योः ‘पत्रकारलाई हतकडी लगाएर बन्दी ! यो कस्तो लोकतन्त्र ?’

पत्रकारलाई समर्थन गर्ने पहिलो दल ‘विवेकशील साझा’, भन्योः ‘पत्रकारलाई हतकडी लगाएर बन्दी ! यो कस्तो लोकतन्त्र ?’

bsp-Ktm

पोखरा, ४ वैशाख । पोखराका पत्रकार अर्जुन गिरीलाई ठगीको विरुद्धमा कलम चलाएकै भरमा पक्राउ गरी मुद्दा चलाएकोमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ । प्रेस काउन्सिलले हेर्ने मुद्दालाई सिआइबीले हेरेर हस्तक्षेप गरेको ठहर गर्दै पार्टीले कुनै व्यक्तिको ईशारामा देशको प्रहरी र प्रशासन चल्नु लज्जास्पद र यो सरासर प्रेस माथिको हस्तक्षेप भनेको छ ।

प्रदेश संयोजक महेश भण्डारीले बुधबार विज्ञप्ती जारी गर्दै प्रेस स्वतन्त्रता भएमात्र लोकतन्त्र सुन्दर हुने उल्लेख गरेका छन् । ‘समाचार लेखेको आधारमा एउटा पत्रकारलाई हतकडी लगाएर बन्दी बनाईनु यो कस्तो लोकतन्त्र हो ? विवेकशील साझा पार्टी, गण्डकीले सरकारको यो रवैया प्रति भत्र्सना गर्दछ।’ विज्ञप्तीमा उल्लेख छ ।

लोकतन्त्रको आन्दोलनमा साथ दिएको नेपाली पत्रकारितालाई लोकतान्त्रिक भनिएको सरकारले नै यसरी विभिन्न वहाना बनाएर अंकुश लगाईरहेकोमा विवेकशील साझा पार्टीले असन्तुष्टि व्यक्त गरेको छ । विज्ञप्तीमा भनिएको छः ‘तथ्यपरक पत्रकारिता गर्ने पत्रकारलाई किन झुठो मुद्दा लगाईएको छ ? यो सोचनीय विषय हो । यसले अहिलेको दुई तिहाई सरकारको दम्भ प्रस्टसँग झल्काउँछ।’

पार्टीले पत्रकार गिरीको तत्काल नि:शर्त रिहाईको माग गर्दै पत्रकार महासंघले उठाएको मागहरुप्रति ऐक्यबद्धता जनाएको छ ।

पत्रकारलाई समर्थन गर्ने पहिलो दल बन्यो विवेकशील साझा

पत्रकारको समर्थन गर्ने पहिलो दल बनेको छ बिवेवकशील साझा पार्टी । पक्राउ परेको तीन दिनसम्म पनि अहिलेसम्म दलहरु चुप छन् । सत्तासीन नेकपा चुँक्क बोलेको छैन । ठगी गरेको आरोप लागेका विपेन्द्र राज बतासको काँग्रेस शीर्ष नेता नै निकट रहेका कुराहरु सार्वजनिक भईरहेका छन् । त्यसैले हुन सक्छ, विरोध गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल पनि मौन छ । पत्रकार गिरी स्वयं सत्तासीन नेकपाको शुभेच्छुक संगठन नेपाल प्रेस संगठनका नेता हुन् । उनी तत्कालिन नेकपा एमाले निकट प्रेस चौतारी, कास्कीको सचिवको जिम्मेवारी लिइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ