मुक्तिनाथ जाँदै गरेको भारतीय बस तनहुँको कमलबारीमा दुर्घटना : २७ यात्रु घाइते

मुक्तिनाथ जाँदै गरेको भारतीय बस तनहुँको कमलबारीमा दुर्घटना : २७ यात्रु घाइते

Bus Acc Indian

तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

मुक्तिनाथतर्फ जाँदै गरेको युपि ५३ बीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र अन्य घाइतेको दमौली स्थित दमौली अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ