नेकपा कास्कीको इन्चार्ज करण, सह–इन्चार्ज जिसी

नेकपा कास्कीको इन्चार्ज करण, सह–इन्चार्ज जिसी

Rajkaji Man bahadur

पोखरा, असार ३१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कास्की इन्चार्जमा राजकाजी गुरुङ (करण) चयन भएका छन् । सह इन्चार्जमा मानबहादुर जिसी चयन भए । नेकपाको एकता प्रक्रियाका क्रममा पूर्वमाओबादीलाई इन्चार्ज र पूर्वएमालेलाई सहइन्चार्ज दिने नीति बनेपछि यस्तो समिकरण बनेको हो ।

करण २०७४ को चुनावमा कास्की क्षेत्र नम्बर २ (ख) बाट पराजीत भएका थिए । जिसी चाहीँ पोखरा महानगरपालिकाको मेयर हुन् । नेकपाले ७७ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ ।

यसअघि अध्यक्ष र सचिवमा पनि यसैगरी भागबण्डा मिलाईएको थियो । अध्यक्षमा पूर्व एमालेबाट तत्कालीन अध्यक्ष कृष्ण थापा र सचिवमा पूर्व माओबादीबाट बखानसिंह तमु चयन भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ