धौलागिरीकै व्यवस्थित आधुनिक प्रविधियुक्त ड्राईभिङ स्कुल सञ्चालनमा

धौलागिरीकै व्यवस्थित आधुनिक प्रविधियुक्त ड्राईभिङ स्कुल सञ्चालनमा

Driving

महेन्द्र जिसी, पर्वत । स्थानीय तह कार्यान्वय पछि सडक निर्माणले तिब्रता पाएसँगै व्यवस्थित ड्राईभिङ स्कुलहरु निर्माण हुन थालेका छन् ।

खाली चौर खेल मैदान सडकमा सिकारुहले सवारी सिक्दै आएको पर्वतमा व्यवस्थित र आधुनिक प्रविधियुक्त ड्राईभिङ स्कुल सञ्चालनमा ल्याइएको हो । गाउँगाउँमा सडक निर्माण भएसँगै व्यवस्थित ड्राईभिङ स्कुलको आवश्यतालाई मध्येनजर गरेर धौलागिरीकै आधुनीक प्रविधियुक्त ड्राईभिङ स्कुल निर्माण गरिएको हो ।

कुश्मा नगरपालिका ४ छमर्केमा व्यवस्थित ड्राईभिङ स्कुल सञ्चालनमा ल्याईएको छ । साढे एघार रोपनी क्षेत्रफलमा निर्माण गरीएको ड्राईभिङ स्कुल कार र मोटरसाईकल, स्कुटरको लागि छुटटा छुटटै सिकाउने पिच निर्माण गरीएको छ ।

टा«फिक लाईट समेतको व्यवस्था गरी आधुनिक प्रविधियुक्त बनाएर विश्व बजारमा युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले ड्राईभिङ स्कुल सञ्चालकले जनाएको हो । खाली चौर, बिचबजार र खेलकुद मैदानमा सवारी सिक्ने गरिएको अवस्थामा व्यवस्थित गराउन पनि स्कुल निर्माण गरिएको स्कुलका अध्यक्ष परशुराम पुरीले बताए ।

धौलागिरीका चार जिल्लालाई लक्षित गरेर कुश्मा पोखारा राजमार्ग नजिकै शालिग्राम ड्राईभिङ एण्ड प्रि टेस्ट सेन्टर सञ्चालनमा ल्याइएको हो । एघार जना युवाहरुको लगानीमा निर्माण गरीएको ड्राईभिङ स्कुलले नजिकै ब्लू एन्जल रिर्सोट समेत सञ्चालमा ल्याएको छ ।

युवा पुस्तालाई स्वरोजगार बनाउँदै स्थानीय उत्पादनलाई बजारीककरण गराउने उदेश्यले कृषि फर्मको समेत परिकल्पना गरीएको पुरीले बताए । अहिलेसम्म स्कुलमा मात्र एक करोड भन्दा माथी लगानी भईसकेको स्कुलले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ