फेवातालमा पहिलो पटक यति डरलाग्दो छाल, ५० भन्दा बढी डुंगा डुबे (भिडियो सहित)

फेवातालमा पहिलो पटक यति डरलाग्दो छाल, ५० भन्दा बढी डुंगा डुबे (भिडियो सहित)

fewa (1)

पोखरा । आज अपरान्हपछि हावाहुरीसँगै वर्षा भयो, चट्याङले पोखराको नागढुंगाको पक्की घर नै फोड्यो । फेवाताल समेत मिनी समुन्द्र झैं बन्यो । चर्को हावाहुरीसँगै तालमा छाल उठ्दा डुंगामै क्षति पुगेको छ । झण्डै ५ दर्जन डुंगाहरु डुबेको चालकहरुले जानकारी दिए ।

तालबाराही मन्दिरमा दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिएका थिए । यसअघि पनि पटक पटक यात्रुहरु छालका कारण रोकिने गर्दथे तर छालले ताल किनारमा रहेका डुंगा यति धेरैको संख्यामा डुबेको भने पहिलोपटक हो ।

बाराहीघाटमा स्थापित रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी र डुंगा चालकले मन्दिरमा रोकिएका दर्शनार्थीको उद्धार गरे । कुनै दुःखद घटना हुनसक्नेतर्फ सचेत बन्दै छाल उठ्ने बित्तिकै डुंगा सञ्चालनमा रोक लगाइएको थियो ।

तस्विरहरुः दीपक परियार/कान्तिपुरडेली डटकम

भिडियो: कान्तिपुर युट्युबबाट इम्बेड

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ