सलमान र अक्षयको बक्सअफिस भिडन्त पक्का

सलमान र अक्षयको बक्सअफिस भिडन्त पक्का

salman

बलिउडका दुई सुपरस्टार सलमान खान र अक्षय कुमारको बक्सअफिस भिडन्त अब लगभग निश्चितझैँ देखिएको छ । अर्को वर्षको इदमा दुई अभिनेताको फिल्म एकसाथ प्रदर्शनमा आउँदैछ । सलमान खानको ‘किक २’ र अक्षय कुमारको ‘लक्ष्मी बम्ब’ ईदमा रिलिज हुने फाइनल भएको छ ।

पहिला अक्षयको ‘लक्ष्मी बम्ब’ जून २०२० मा रिलिज हुँदै थियो तर यसका मेकर्सले फिल्मको रिलिज प्रिपोन अर्थात् पछाडि सरे । अब यो फिल्म २२ मे २०२० मा रिलिज हुनेछ । यो डेटमा सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शा अल्लाह’ नआउने भएपछि अब ‘किक २’ आउने निश्चित भएको छ ।

अर्को वर्षको इदमा सञ्जय लीला भन्सालीको निर्माण र निर्देशनमा बन्न लागेको फिल्म ‘इन्शा अल्लाह’ प्रदर्शनमा आउने कन्फर्म भएको थियो । तर, विविध कारणले यो फिल्मकोे निर्माण रोकिएको छ । फिल्ममा सलमानको जोडी अभिनेत्री आलिया भट्टसँग बाँधिएको छ ।

‘किक २’ को निर्देशन साजिद नाडियाडवाला गर्दैछन् । यो फिल्मको छायांंकन ‘दबंग ३’ को छायांकन पूरा भएपछि सुरु हुने बताइएको छ । अक्षयको फिल्म ‘लक्ष्मी बम्ब’ को निर्देशन भने राघव लरेन्सले गर्दैछन् । फिल्ममा अक्षयको अपोजिटमा अभिनेत्री कियारा आडवाणी देखिँदैछिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ