पोखरा महानगरले संकलन गरेको फोहोरमा भेटियो नवजात शिशुको शव

पोखरा महानगरले संकलन गरेको फोहोरमा भेटियो नवजात शिशुको शव

Pokhara Landfill

पोखरा । पोखरामा फोहोर उठाउने गाडीले संकलन गरेको फोहोर को डंगुरमानवजात शिशुको शव फेला परेको छ ।

सोमबार बिहान सवा नौ बजे पोखरा महानगरपालिका १४ डम्पिङ साईडमा उक्त शव भेटिएको हो । फोहोरको प्रकार छुट्टाउने कर्मचारीहरुले तन्नाले बेरिएको अवस्थामा नवजात छोरो जातको शिशुको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

पोखराको बिरौटास्थित अन्नपूर्ण मार्ग र यज्ञशाला मार्गमा महानगरपालिकाको ग १ ख ८४७८ नं.को गाडीबाट आइतबार उठाइएको फोहोरमा शव फेला परेको हो ।

यी दुई ठाउँका फोहोर भएकाले अब घरघरमा पुगी अनुसन्धान गर्न प्रहरी चुक्न नहुने स्थानीयको भनाई छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ