भित्री बस्त्र सुँघेर यौन दुव्र्यवहार गर्न खोज्ने पोखरा विद्युत कार्यालयका कर्मचारी पक्राउ

भित्री बस्त्र सुँघेर यौन दुव्र्यवहार गर्न खोज्ने पोखरा विद्युत कार्यालयका कर्मचारी पक्राउ

bra-555×330

पोखरा । शारिरिक रुपमा अशक्त पोखरा २१ निर्मलपोखरीकी एक महिलामाथि यौन हिंसा गर्ने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका एक मिटर रिडरलाई मिलापत्र गराएर छाडिएको छ ।

मिटर रिडिङ गर्न गत बुधबार ती महिलाको घरमा पुगेका पिताम्बर अधिकारीले महिलाको भित्री वस्त्र सुकाएको देखेपछि त्यहि वस्त्र सुम्सुम्याउँदै कपडा समेत सुँघेका थिए । त्यसपछि ती महिलालाई घरभित्र पस्न पटक पटक आग्रह गरे । तर महिलाले नमानेपछि उनी त्यहाँबाट भागेका थिए । महिलाबाट आफूले चाहेजस्तो व्यवहार नहुँने ठानेपछि उनी भागेको बताईएको छ ।

ती महिलाले उक्त घटनाबारे आफ्नी छोरीलाई बताएपछि छोरी र स्थानीय वासिन्दा विद्युत प्राधिकरण केन्द्रको पोखरा शाखामा पुगेका थिए । त्यहा पुगेर पीताम्बरले गरेको व्यवहारबारे बताएपछि कार्यालय प्रमुख सुरेन्द्रकुमार शाहले प्रहरीमा उजुरी गर्न आग्रह गरे ।

उनलार्ई जागिरबाट निकाल्नु बाहेक अरु केहि गर्न नसक्ने उनले बताए । त्यसपछि जिल्ला प्रहरी कार्यालय महिला सेलमा पुगेका स्थानीय र आफन्तहरुले मौखिक उजुरी दिए । उजुरी दिएपछि विहिबार पीताम्बर पक्राउ परे । पक्राउ परेका पिताम्बरलाई १ दिनसम्म थुनामा राखियो । तर भोलिपल्ट शुक्रबार महिलाहरुले पीताम्बरलाई एउटै ठाउँको मान्छे भएको भन्दै मिलापत्र गराएर छोडेका छन् ।

प्रहरीका अनुसार पीताम्बरले ती महिलाको खुट्टा ढोगेर माफि मागेका थिए । यद्यपी ढोगेको फोटो खिच्न भने नदिईएको आजको समाधान दैनिकले खबर छापेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी ओम रानाका अनुसार पीडित महिलाले माफि दिएको भनेपछि उनलाई छाडिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ