पोखरा महानगरपालिकाले लभ्ली डाँडामा बनाएको प्रतिक्षालय कोइराला परिवारले भत्काए

पोखरा महानगरपालिकाले लभ्ली डाँडामा बनाएको प्रतिक्षालय कोइराला परिवारले भत्काए

Pokhara Mahanagar

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १६ ले र आर्दश क्लवको लगानीमा करिब एक लाख ५० हजार रुपैँया लागतमा बनाएको प्रतिक्षालय स्थानीय कोइराला परिवारले भत्काएका छन् । आफुहरुले परम्परागत रुपमा भोगचलन गर्दै आएको जग्गामा प्रतिक्षालय बनाउँदा महानगरले समन्वय नगरेको भन्दै कोइराला परिवारले आक्रोसमा शनिबार (हिजो) उक्त प्रतिक्षालय भत्काएका हुन् ।

२०३२ सालमा तिरो तिरेको रसिद समेत आफुहरुसंग भएको बताउँदै कोइराला परीवारले महानगरले समन्वय बिनै बनाएको संरचना भत्काएको बताउँछन् । तर, पोखरा-१८ का वडा अध्यक्ष रणबहादुर थापाले कोइराला परिवारलाई उक्त जग्गा निजि भएको प्रमाण वडा कार्यालयले पेश गर्न भनेपनि गर्न नसकेपछि प्रतिक्षालय स्थापना गरेको बताएका छन् ।

‘हामीले प्रतिक्षालय बनाएको ठाउँको जग्गा नेपाल सरकारको हो भन्ने सम्पूर्ण प्रमाण हामीलाई मालपोत कार्यालयले पठाएको छ । तर, कोइराला परिवारले हाम्रो हो भन्दै दावी गरेर बनाएको संरचना भत्काउनु भयो’ वडाध्यक्ष थापाले गण्डक न्यूजसँग भने, ‘उहाँहरुलाई यदी यो जग्गा हजुरहरुको हो भने प्रमाण ल्याउनुस् भन्दा ल्याउनु हुन्न । तर, त्यसरी बिरोध गर्दै संरचना भत्काउनु हुन्छ । यो बिषयमा महानगगरपालिकामा जानकारी गराएको छु, महानगरको निर्णय अनुसार काम हुन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ