काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत संयुक्त परियोजना उद्घाटन गर्न पाउँदा खुसी लागेको बताएका छन् । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको रिमोटमार्फत् उद्घाटन गर्दै उनले यस्तो अनुभव सुनाएका हुन् ।
उक्त परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले भिडियो कन्फरेन्समार्फत् जोडिएर संयुक्त उद्घाटन गरेका थिए । सो अवसरमा मोदीले नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा परियोजना चाँडो उद्घाट गर्ने सहमति गरेको स्मरण गर्दै भने, “मलाई खुसी लागेको छ कि हाम्रो संयुक्त प्रयासले हाम्रो दुईपक्षीय परियोजनाले प्रगति गरिरहेका छन् र आज हामी मोतिहारी–अमलेखगन्ज पाइपलाइनको संयुक्त उद्घाटन कार्यक्रममा भाग लिइरहेका छौं ।’’
उनले बितेका केही वर्षमा दुई देशबीच नियमित सम्पर्क भइरहेको जनाएका छन् । ‘‘बितेका डेढ वर्षमा मेरा मित्र प्रधानमन्त्री ओलीजी र म चार पटक भेटिसकेका छौं,” ’उनले भने, ‘‘विकासको लागि हाम्रो साझेदारी सक्रिय बनाउनको लागि नयाँ क्षेत्रमा सहयोग बढाउन हामीले नयाँ अवसरको लाभ उठाएका छौं । हामी संयुक्त प्रयासको उद्देश्य हाम्रा जनतालाई लाभ मिलोस् भन्ने चाहन्छौं ।’’
उनले बितेका ५ वर्षमा दुई देशले महत्वपूर्ण दुईपक्षीय परियोजनालाई पूरा गरेको र कैयौं अन्य प्रयासको परिणाम चाँडै प्राप्त हुनेसमेत जनाएका छन् । संयुक्त रुपमा पशुपतिनाथ धर्मशाला र आइसीपी वीरगन्जको उद्घाटन गरेको समेत मोदीले स्मरण गरेका छन् ।
‘‘नेपालका प्राथमिकताअनुसार उसको विकासमा सहयोगको लागि भारतको प्रतिबद्धता म फेरि दोहोर्याउन चाहन्छु । यहाँहरुलाई धेरै धेरै धन्यवाद,’’ मोदीले भनेका छन् ।
सम्बन्धित खबर
आज देशभरको मौसम कस्तो रहन्छ?
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न सर्वोच्चको आदेश
कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैद
आजदेखि कक्षा १२ को परीक्षा, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
आजको मौसम पूर्वानुमान
डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग