पोखराको गगनगौँडा र तालचोकमा दुर्घटना : २ जनाको मृत्यु, ३ घाइते

पोखराको गगनगौँडा र तालचोकमा दुर्घटना : २ जनाको मृत्यु, ३ घाइते

sagar

पोखरामा गए राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–३२ गगनगौँडामा गएराति ग ७ प ७४२८ नं. को मोटरसाइकल र ग११प २३५८ नं. को स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा ५ पर्स्याङ निवासी १८ वर्षीय सागर गुरुङको मृत्यु भएको हो ।

ठक्करपछि ट्रकको चक्कामुनि परेर गम्भीर घाइते भएका गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक लेखनाथ भण्डारढीकका २२ वर्षीय विकल सुनार, मोटरसाइकल पछाडि बस्ने रुपा ७ का २५ वर्षीय दीपक विक र स्कुटर चालक पोखरा २ अर्चलबोटका २५ वर्षीय निशान गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

यस्तै, गएराति नै पृथ्वीराजर्मागस्थित लेखनाथको तालचोकमा भएको अर्को दुर्घटनामा बाग्लुङका २८ वर्षीय थमन पाइजाको मृत्यु भएको छ । ग ३ च १४२२ नं को मिनीभ्यान र बा ९४ प १७०५ नंको मोटरसाइकल राति ९स्४५ बजेको समयमा एकापसमा ठोक्किएको थियो । पाइजा काठमाडौँ कीर्तिपुर बस्दै आएका थिए । दुर्घटनामा घाइते भएका पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अद्यावधिक गरिएको ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ