सहारा क्लव पोखराको अध्यक्षमा पुनः थापा, सहारा एकेडेमीलाई गण्डकी सरकारले ३० लाख सहयोग गर्ने

सहारा क्लव पोखराको अध्यक्षमा पुनः थापा, सहारा एकेडेमीलाई गण्डकी सरकारले ३० लाख सहयोग गर्ने

Sahara New Committee

पोखरा ।  सहारा क्लब पोखराको अध्यक्षमा पुनः केशवबहादुर थापा चयन भएका छन् । क्लबको सोमबार साँझ सम्पन्न भएको २१ औं साधारणसभा तथा ११ औं अधिवेशनले पुनः थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । आगामी दुई बर्षीय कार्यकालको लागि १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

क्लबको वरिष्ठ उपाध्यक्षमा पुनः हरिराम गुरुङ, उपाध्यक्षमा विश्वराज बराल, महासचिवमा रामजीप्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा पुनः राजु लालचन, सहकोषाध्यक्षमा विनु राना मगर चयन भएका हुन् । यस अघि बराल उपाध्यक्षमा रहेका थिए भने अधिकारी सचिबमा रहेका थिए । विनु सदस्य थिइन् ।

त्यसैगरी सदस्यहरुमा रोजिना गुरुङ, तिलकबहादुर अधिकारी, ज्योति केसी, सन्दीप सुवेदी, गंगाराज पौडेल र बिष्णु कार्की सर्वसम्मत रुपमा चयन भएका छन् । सुनिल राना मगर र बिष्णु कार्की उक्त कार्यसमितिमा नयाँ अनुहार हुन् । अन्य धेरै सदस्यमै दोहोरिएका छन् ।

सहारा एकेडेमीलाई गण्डकी सरकारले ३० लाख सहयोग गर्ने

यसअघि, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले क्लबको साधारणसभाको उद्घाटन गरे । उनले खेलकूदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लवको भूमिका प्रशंसायोग्य भएको बताए । समाजका कठिन परिस्थित एवम् असहाय बालकलाई संरक्षण गर्दै क्लवले शैक्षिक, सामाजिक तथा खेल क्षेत्रमा कृयाशित गराउनुले उनीहरुको समग्र उन्नयनमा टेवा पुगेको उनको भनाई थियो ।

सामाजिक क्षेत्रमा क्लवले देखाएको सकृयता अरुका लागि पनि अनूकरणीय भएको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारको तर्पmबाट सहारा एकेडेमिको प्रशासनिक सञ्चालनमा ३० लाख रुपैँया सहयोग गर्ने बताए । राज्यले निभाउनु पर्ने उत्तरदायित्व क्लवले पुरा गरेको उल्लेख गर्दै उनले सस्थाको सञ्चालनमा सरकारले नियमित बजेट नै व्यवस्था गरि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

क्लवबाट पत्रकार सन्देश श्रेष्ठलाई सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मान गरे । क्लवले प्रत्येक बर्ष प्रदान गर्दै आएको सहारा खेलकूद पत्रकारिता पुरस्कारको राशी २० हजार ५५५ नगद, ताम्रपत्र र दोसल्ला रहेको छ । सोही अवसरमा यस बर्षको सहारा उत्कृष्ठ कर्मचारीबाट शान्ति केसीलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय खेलकूद परिषदका सदस्य राशेज गुरुङले आसन्न दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) लाई लक्षित गरि पोखरा रंगशालामा निर्माणाधिन संरचना तिब्ररुपमा बढेको जानकारी दिए ।  सहारा क्लवका अध्यक्ष केशवबहादुर थापाले सवैको साथ सहयोगमा सहारा एकेडेमि वर्तमान अवस्थासम्म आइपुगेको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको धारणा राखे ।

क्लवका महासचिव विश्वराज बरालले क्लव सामाजिक सेवामा निरन्तर कृयाशिल रहेको बताउँदै प्रदेश सरकारले सन् २०१९ आन्तरिक भ्रमण बर्ष मनाई रहदा र तेहौै सागका बिभिन्न खेलका पोखरामा हुने तय गरिनुले पर्यटन प्रवद्र्धनको प्रवल सम्भावना समेत गरेको बताए ।  उनले एकेडेमिमा हाल बिभिन्न १६ जिल्लाका २४ जना बाल आवासियरुपमा अध्ययनरत रहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुरस्कृत व्यक्तित्व सन्देश श्रेष्ठ, सहारा युकेका महासचिव धनु थकाली, क्लवका बरिष्ठ उपाध्यक्ष सुरज गुरुङ लगायतले क्लवले खेलकूदको माध्येमबाट सामाजिक क्षेत्रका पु¥याएको योगदान महत्वपूर्ण रहेको धारणा राखे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ