कास्की सार्दिखोलामा बोल्न नसक्ने अशक्त महिलामाथि सामूहिक बलात्कार

कास्की सार्दिखोलामा बोल्न नसक्ने अशक्त महिलामाथि सामूहिक बलात्कार

Blatkar

पोखरा । कास्कीको साविक सार्दिखोला, माछापुच्छ्रे वडा नं. १, करुवामा एक अशक्त महिलामाथि सामूहिक बलात्कार भएको छ । मुख बोल्न नसक्ने ४३ वर्षकी महिलामाथि दुई जनाले सामूहिक बलात्कार गरेको श्रोतले बताएको छ ।

यस घटनालाई कास्की प्रहरीले पनि पुष्टि गरेको छ । महिलालाई सोमबार मेडिकल जाँचका लागि ल्याइएको छ । कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले घटना भएको र संलग्न दुवै जना पक्राउ गरिसकेको जानकारी दिए । ‘अशक्त महिलामाथि दुई जनाले सामूहिक बलात्कार गरेको जानकारी आएपछि हाम्रो टोलीले तत्काल एक जना र घटनापछि भागेका अर्का एक जनालाई अहिले पक्राउ गरिसक्यौं ।’ डिएसपी गुरुङले भने – ‘घटनाबारे थप जानकारी पछि सार्वजनिक गर्नेछौं ।’

भागेका एक जना आरोपीलाई पर्वतबाट पक्राउ गरेर ल्याइएको श्रोत बताउँछ । स्थानीय करुवा भन्ने स्थानमा आफन्तको मृत्यु भएपछि कुर्न गएकाहरुले मदिरा सेवन गरेपछि महिलालाई बलात्कार गरेको बताइएको छ ।

शुक्रवार राति एक बजेको समयमा घरमा कोही पनि नभएको मौकामा उनीमाथि बलात्कार भएको कास्की प्रहरीको भनाई छ । सार्दिखोलाको भराभरीबाट एक घण्टाको दुरीमा रहेको करुवामा मान्छे मरेको ठाउँमा कुर्न गएका दुई युवाले राती उनीमाथि बलात्कार गरेको बताईन्छ । शनिबार विहान भराभरीमा चोरी भएको सूचना पाएपछि सार्दिखोला प्रहरीचौकीबाट प्रहरी टोली गाउँ पुग्दा प्रहरीलाई देखेपछि स्थानीय महिलाहरुले घटनाबारे जानकारी गराएका थिए ।

कास्कीमा पनि हप्तै जसो बलात्कारका घटना भइरहेका छन् ।

  • अद्यावधिक गरिएको

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ