सयपत्री आवसीय माविका विद्यार्थीलाई नेतृत्व विकास, उद्घोषण तथा आधारभूत समाचार लेखनसम्वन्धी तालिम प्रदान

सयपत्री आवसीय माविका विद्यार्थीलाई नेतृत्व विकास, उद्घोषण तथा आधारभूत समाचार लेखनसम्वन्धी तालिम प्रदान

patrakarita talim (3)

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–६, मा रहेको सयपत्री आवसीय माविका विद्यार्थीलाई नेतृत्व विकास, उद्घोषण तथा आधारभूत समाचार लेखनसम्वन्धी तालिम प्रदान गरिएको छ । विद्यालयको आयोजनामा सञ्चालित तालिममा विभिन्न तहमा अध्ययनरत ३० जना विद्यार्थी सहभागी भएका थिए ।

उदघोषण कला र सार्वजनिक भाषणका विषय वस्तुमा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय महासचिव एवम् अन्तरङ्ग राष्ट्रिय साप्ताहिकका सम्पादक नवराज पहाडीले सहजिकरण गरेका थिए ।

यसैगरी, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका सह–सचिव श्यामशितल परियारले समाचारको महत्व, प्रकार, प्रभाव तथा लेखनका आधारभूत विषयमा सहभागीलाई जानकारी गराएका हुन् ।

पत्रकार श्यामशितल २०६८ सालदेखी निरन्तर पत्रकारितामा क्रियाशिल छन । उनि न्युज २४ टेलिभिजन, उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाईन, रेडियो भोटओडार, बिग एफएम पोखरा र गण्डक न्युज डट कमसंग आवद्ध छन ।

विद्यालयलाई नमूना मावि बनाउने उद्देश्यका साथ विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पदको जिम्मेवारी सम्हाल्नु भएका शैक्षिक एवम् सामाजिक व्यक्तित्व विष्णुकुमार श्रेष्ठको पहलमा विद्यालयमा तालिम सञ्चालन गरिएको हो । विद्यार्थीलाई अनुशासित, जिम्मेवार, कर्तव्यनिष्ट र बहुप्रतिभाका धनी बनाउन लागि तालिमको आयोजना गरिएको विष्णुकुमार श्रेष्ठले बताए ।

तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्ने विद्यार्थीहरुले बताएका छन् । ‘तालिममा हामीले प्रशिक्षकहरुबाट बोल्ने, लेख्न सीप सिक्न पायौँ । हामी खुशी छौँ । तालिमले हाम्रो व्यक्तित्व विकासमा टेवा पुग्ने विश्वास लिएका छौँ,’ तालिममा सहभागी विद्यार्थी कृतिका मिश्र र रेजिना खनियाँले भनिन ।

तालिममा सिकेका सीपले विद्यार्थीमा लेख्ने, बोल्ने सीपको क्षमता अभिवृद्धिमा टेवा पुर्याएको विद्यालयका प्रिन्सीपल ज्ञानेन्द्र शर्माले बताए । जनशक्ति युवा क्लवका अध्यक्ष एवम् विद्यालयका सदस्य नवीनकुमार श्रेष्ठले विद्यार्थीको व्यक्तितव तथा नेतृत्व विकासमा टेवा पुर्याउने यस्ता कार्यक्रमहरु भावी दिनमा पनि सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ