Gandak News
Our News Your Views
NIEC raw
openhouse
Url

पोखराका सेन्ट फ्रान्सिस स्कूलको क्यान्टिनमा आगलागी, १५ लाख बराबरको क्षति (भिडियो सहित)

सञ्जय रानाभाट । पोखरा १४ छिनेडाँडा मनकामना मार्ग स्थित सेन्ट फ्रान्सिस स्कुलको क्यान्टिनमा बुधबार मध्यान्ह आगलागी भएको छ । ग्याँस लिक् भएर लागेको आगलागीबाट १५ लाख बराबरको क्षति भएको कास्की प्रहरीले जनाएको छ ।

Loading...

क्यान्टिन र स्कुल भवन नजोडिएको कारण ठूलो क्षति हुन पाएन । केही कुर्सी मात्र निकाल्न सकिएको थियो । मध्यान्ह १२ः२५ बजे लागेको आगो १२ः५४ बजे नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

किचन, डाइनिङ हलमा लागेको आगोले किचनको सामान, फर्निचर, कुकर, सिलिण्डर जलेको थियो । मानवयि क्षति भएको छैन । घटनाबारे जानकारी हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वमा टोली पुगेको थियो ।

beacon

पोखरा छिनेडाँडा स्थित सेण्ट फ्रान्सिस स्कूलको क्यान्टिनमा आज लागेको आगो

पोखरा छिनेडाँडा स्थित सेण्ट फ्रान्सिस स्कूलको क्यान्टिनमा आज लागेको आगो

Posted by GandakNews on Thursday, 15 August 2019

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?