पृथ्वीचोकमा ट्राफिक कुट्ने ४ जना बैदाम प्रहरी हिरासतमा [घटना विवरण]

पृथ्वीचोकमा ट्राफिक कुट्ने ४ जना बैदाम प्रहरी हिरासतमा [घटना विवरण]

nepal-traffice-plice

पोखरा । शनिबार ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई दुव्यर्वहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वान्ह साढे १० बजेतिर स्याङ्जा बस स्टप लाइनमा ड्युटीमा रहेका प्रहरी जवान खिम अर्याल र असई लोकराज भण्डारीलाई हात नै हालेपछि असरफ अली सहित ४ जनालाई प्रहरीले पक्रेको हो ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहका अनुसार असरफ अली हेल्मेट नै नलगाई स्कुटर चढेर सामान लिएर हिँडेका थिए । ड्युटीमा रहेका जवान अर्यालले रोकेर लाईसेन्स मागेका थिए । तर, अलीको लाइसेन्स थिएन । त्यसपछि स्कुटर नियन्त्रणमा लिएर नजिकैको कार्यालयमा लिन आउन भने । लगत्तै अलीले आफूले काम गर्ने पसलका साहु विवेक गुरुङलाई बोलाए ।

उनीहरुले ट्राफिकमाथि गालीगलौज गर्दै मुख छाड्ने गरे भने ट्राफिकले स्कुटर कुनै हालतमा नछाड्ने ढिपी कसे । त्यसपछि अवस्था नियन्त्रण बाहिर गयो । तत्काल असई भण्डारी पनि पुगे । असरफ र विवेक सहित अनुभव घले र हिरा घले भएर ट्राफिकद्वयमाथि हातपात गरेको डिएसपी शाहले बताए ।

तत्काल ४ जनालाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बैदाम लगियो । अहिले अनुसन्धान जारी रहेको र आवश्यक कारबाही गरिने डिएसपी शाहले बताए ।

यद्यपी, केही सर्वसाधारणले भने ट्राफिकबाट पनि अभद्र व्यवहार भएको प्रतिक्रियाहरु सामाजिक सञ्जालमा दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ