पोखराका ट्याक्सी र डुंगा चालकलाई ‘पर्यटन आतिथ्यता तथा पर्यटक सुरक्षा’ तालिम

पोखराका ट्याक्सी र डुंगा चालकलाई ‘पर्यटन आतिथ्यता तथा पर्यटक सुरक्षा’ तालिम

train

पोखराका डुङ्गा चालक, व्यवसायी तथा ट्याक्सी चालकलाई ‘पर्यटन आतिथ्यता तथा पर्यटक सुरक्षा’ सम्बन्धी तालिम दिइएको छ । छुट्टाछुट्टै रुपमा उनीहरुलाई पर्यटकीय क्षेत्रमा पर्यटकलाई आतिथ्यताका क्रममा गर्नुपर्ने व्यवहार, सुरक्षा लगायतका सन्दर्भमा सहजीकरण गरिएको हो ।

नेपाल पर्यटन वोर्ड पोखरा र वडा प्रहरी कार्यालय वैदाम, कास्कीको संयोजन तथा डुङगा व्यवसायी संघ कास्कीको समन्वयमा “पर्यटन आतिथ्यता तथा पर्यटक सुरक्षा सम्बन्धी” अनुशिक्षण र अभिमुखिकरण तालीम दिइएको हो ।

पर्यटन परिषद पोखराका अध्यक्ष कार्यकारी निर्देशक चिरञ्जिवी पोखरेलको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा पर्यटन परिषद पोखराका कार्यकारी निर्देशक मणीराज लामिछाने ,जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख , प्रहरी उपरीक्षक ओम राना, डुङगा व्यवसायी संघ कास्कीका उपाध्यक्ष मंगल नेपाली लगायतले मन्तवय राखेका थिए ।

कार्यक्रममा नेपाल पर्यटन वोर्ड, पोखराका प्रबन्धक सुर्य थपलियाले पोखरा आउने पर्यटकहरुलाई डुङगा चालकहरुले दिनुपर्ने आतिथ्य व्यवहार तथा त्यसले पर्यटन विकासमा पुर्याउने योगदानका बिषयमा “ पर्यटन आतिथ्यता ” सम्वन्धी प्रस्तुतीकरण गरेका थिए ।

त्यसै गरी वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले “ पर्यटन र सुरक्षा ” सम्बन्धी विषयमा प्रस्तुतीकरण दिएका थिए । Fact Nepal का प्रमुख मनिष झाले पर्यटक आतिथ्यताका लागी आवश्यक “ संस्कार , सभ्यता र व्यवहार ” सम्बन्धी प्रशिक्षण दिएका थिए ।

 

उक्त कार्यक्रम सामुदाय प्रहरी साझेदारी कार्यक्रमको एउटा, हिस्सा पनि भएको र पर्यटन क्षेत्रलाई कसरी सुरक्षित बनाउने र डुङगाव्यबसायी र चालकको कस्तो भुमिका रहन्छ ? कसरी आतिथ्यता गर्ने ? भन्ने बिषयमा सरोकारवाला हरुलाई प्रशिक्षित गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको थियो ।

बिहान ८:५० बाट पोखरा लेकसाईड स्थित होटल ह्वाईट हाउस ईनमा सुरु भएको कार्यक्रम दिउसो १२:३० बजे सम्पन्न भएको थियो । पोखरा लेकसाईड क्षेत्रका ८ वटा डुङगा घाटका व्यवसायी र चालक गरि जम्मा ६५ जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमले नेपाल सरकारको पर्यटन वर्ष २०१९ र गण्डकी प्रदेश सरकारको पर्यटन वर्ष २०२२ लाई पुर्णतया सफल बनाउन सहयोग पुर्याउने अपेक्षा राखिएको छ ।

पोखराका ट्याक्सी चालकलाई आतिथ्यता सुरक्षा तालिम

यसअघि, पोखराका पर्यटकीय स्थलहरुमा संचालन हुने ट्याक्सीका चालकहरुलाई पनि अनुशिक्षण दिइएको थियो । नेपाल पर्यटन वोर्ड पोखरा र वडा प्रहरी कार्यालय वैदाम, कास्कीको संयोजन र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीको सहकार्यमा “पर्यटन आतिथ्यता तथा पर्यटक सुरक्षा सम्बन्धी” अनुशिक्षण रअभिमुखिकरण तालीम दिइएको छ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले तालीमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि लम्सालले पर्यटन विकासमा सवैको उत्तिकै भुमिका रहने बताउँदैँ ट्याक्सी चालकहरुले समेत सरकारको पर्यटन सम्बन्धी लक्ष्य हासिल गर्नमा सहयोग पुर्‍याउन आग्रह गरे ।

साथै मन्त्री लम्सालले नेपाल सरकारको पर्यटन वर्ष २०१९ र गण्डकी प्रदेश सरकारको पर्यटन वर्ष २०२२ लाई पुर्णतया सफल बनाउन विविध कार्यक्रमहरु लन्च गर्ने योजना रहेको समेत बताए।

उद्घाटन सत्र पश्चात नेपाल पर्यटन वोर्ड, पोखराका सुर्य थपलियाले “पर्यटन आतिथ्यता” सम्वन्धी प्रस्तुतीकरण गरेका थिए भने वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले “पर्यटन र सुरक्षा” सम्बन्धी विषयमा प्रस्तुतीकरण दिएका थिए ।

त्यसैगरी “सुरक्षित यात्रा” सम्बन्धी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक शिव पाठकले प्रस्तुतीकरण प्रस्तुत गरेका थिए।उक्त कार्यक्रममा पर्यटन वोर्ड पोखराका निर्देशक मणिराज लामिछाने, पर्यटन परिषद् पोखराका अध्यक्ष चिरञ्जिवि पोख्रेल, ४ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विरेन्द्र वस्याल, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक मुरारी मिश्र, ट्याक्सी व्यवसायी समिति पोखराका अध्यक्ष प्रकाश तिवारी लगायत अन्य पदाधिकारीहरुको उपस्थिति थियो भने प्रशिक्षणको निमित्त १ सय ६२ जना ट्याक्सी चालकहरुको उपस्थिति रहेको थियो ।

प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार उक्त कार्यक्रम सामुदाय प्रहरी साझेदारी कार्यक्रमको एउटा हिस्सा भएको र पर्यटन क्षेत्रलाई कसरी सुरक्षित बनाउने र ट्याक्सी चालकको कस्तो भुमिका रहन्छ कसरी आतिथ्यता गर्ने रु भन्ने उद्देश्यका साथ चालकलाई तालिम दिइएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ