परिवारकै सदस्य जस्तो बनेर धनमाल चोरी

परिवारकै सदस्य जस्तो बनेर धनमाल चोरी

fb

सुन्दरकुमार थकाली
मुस्ताङ,२८ भदौ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ रानीपौवा पुराङको होटल हिमालयन प्याराडाईजमा मंगलबार राति ११ बजे लाखौ रुपैयाको धनमाल चोरी भएको छ । होटलकै काम गर्न २५ दिनअघि मुस्ताङ आएक २ युवाहरुले होटलकै धनमाल चोरेर फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनमाल चोरी गर्नेमा ओखलढुङ्गा मुलुङ गाउँपालिका ७ घर भएका २३ बर्षिय गेल्बु शेर्पा र नवलपरासी बर्दघाट नगरपालिका १ घर भएका २३ बर्र्षिय आशिष खत्री छन् ।उनीहरुलाई संङ्कास्पद रुपमा हिडिरहेको अवस्थामा जोमसोम काठेपुल बसपार्कबाट धनमालसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका उनीहरुबाट नगद १ लाख २१ हजारसहित सुनको बाला थान १,सुनको सिक्का थान १,मुगामाला थान १,मोतीमाला थान १ ,टाउँकोमा लाउने स्हुले थान १,सुनको औठी थान २,चाँदीको औठी थान १ र छातीमा लगाउने चाँदीको धिग्रा थान २ बरामत भएको प्रहरीले जनाएको छ ।पक्राउ परेका २ युवालाई चोरी संम्वन्धि मुद्धा दायर हुने प्रहरीले बताएको छ ।नीज युवाहरुलाई हिरासतमा राखेर आवश्यक थपअनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवाहरु शेर्पा र खत्री २५ दिनअघि होटल हिमालयन प्याराडाईज मुक्तिनाथमा कुक र कुक हेल्फरको काम गर्न आएका थिए ।उनीहरुलाई पत्रिका मार्फत बिज्ञापन दिएर काम गर्न झिकाईएको होटलका संञ्चालक छेप्तेन गुरुङले बताए ।निकै मेहनती शेर्पा र खत्रीको ब्यवहार पनि उस्तै ईमान्दार जस्तो देखिएको गुरुङको भनाई छ ।होटलको काम गर्ने भएपनि परिवारकै सदस्य जस्तो व्यवहार गर्दै आएका २ युवाहरुले छोटो समयमा होटलका सदस्यहरुको मन जित्न सफल भएको संञ्चालक गुरुङले खुलाए ।

प्रहरीमा पक्राउ परेका ति युवाहरुले मंगलबार भने अनौठो जस्तो व्यवहार प्रर्दशन गरे ।२५ दिन सम्म काम गर्दा कहिल्यै मदिरा सेवन नगरेका उनीहरुले मंगलबार भने मदिरा पिउन थाले ।मंगलबार साँझको समय थियो । ति युवाहरुले होटल संञ्चालक छेप्तेन गुरुङकी ठुला बा र ठुली आमालाई मदिरा किनेर दिए ।गुरुङको ठुला बा र आमाको घर होटल नजिकै छेउमा छ ।सधैभन्दा अनौठो व्यवहार देखाईरहेका काम गर्ने युवाहरुले भारतमा काम गर्न गएका दाजुको तलब १ लाख ५० हजार पुगेको भन्दै खुशीयाली मनाउन खोजेको बताएका थिए ।

मंगलबार रातको ११ बजेतीर सबै सुत्नतीर लागे ।सोही समय युवाहरुको योजना मुताबिक होटलका गरगहना र धनमाल भाग लगाई रातारात तल झरे । रातारात फरार भएका उनीहरु बुधबार बिहान ३ बजे कागबेनीको एक होटलमा बसे ।बास बसेको होटलमा थोरैबेर रोकिएर बिहान १० बजे जोमसोम आईपुगे ।जोमसोमको काठेपुलबाट तल झर्ने क्रममा थिए ।यसबारे जिल्ला प्रहरी कार्यालयलाई बिहान ७.३५ बजे खबर आयो ।प्रहरीले उनीहरुलाई बिहान १० बजे पक्राउ गरेको थियो ।

पक्राउ परेका युवाहरुले सक्कल नागरिकताको प्रमाणपत्र होटलका मालिक गुरुङ समक्ष बुझाएका थिए ।पछिल्लो समय यातायातको बिकास संगै बिकृति बिसङ्गती र अपराधजन्य घटना बृद्धि हुन थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ