मुस्ताङमा सेनाको विपद् व्यवस्थापन अभ्यास तालिम

मुस्ताङमा सेनाको विपद् व्यवस्थापन अभ्यास तालिम

wakl

सुन्दर कुमार थकाली,मुस्ताङ,जिल्ला देवी प्रकोप उद्दार तथा विपद् व्यवस्थापनको पुर्व तयारका लागि स्थित जोमसोम स्थित ब्रज्रदल गणका नेपाली सेनाको टोलीले सदरमुकाम जोमसोममा एक दिने अभ्यास तालिम संम्पन्न गरेको छ ।

नेपाली सेनाको गणद्धारा आयोजना भएको शारिरीक अभ्यास तथा विपद् व्यवस्थापन संम्वन्धि टेबल टल्क तालिम संञ्चालन जिल्ला प्रशासन कार्यालयमा भएको जनाईएको छ।


प्रमुख सेनानी पंकजराज पोख्ररेलले नेपाली सेनाका जवानहरुलाई विपद् व्यवस्थापन,भुकम्प र आगोलागी संम्वन्धि नमूना अभ्यास तालिम दिईएको जनाए ।विपद् पर्दा कसरी त्यसलाई कसरी उद्दार र राहत प्रदान गर्ने भन्नेबारे सेनालाई विभिन्न प्रकारका फरक फरक तालिम प्रदान गरिएको जनाए । नेपाली सेनाले देश र जनतालाई जुस्तो सुकै समस्या पर्दापनि निर्भिकता पुर्वक आफ्नो जिम्मेवारी निभाउदै आएको उल्लेख गर्दे यसप्रकारको समस्या पर्दा सबैले आ–आफ्नो कार्यक्षेत्रबाट विपद् व्यवस्थापनका लागि दायित्व निर्भाह गर्न आवश्यक भएको उनको भनाई थियो ।

तालिमअघि विपद् व्यवस्थापनको संम्भावना जानकारी, यसको समाधान र चुनौतीका बारेमा सरोकारवालाबीच छलफल भएको सहायक प्रजिअ रामसुन्दर शर्माले जानकारी दिए । उनका अनुसार आ–आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको तैयारी,उपलब्ध साधनश्रोत र विपद्का परेका बेला कसरी त्यसको निरुपण र शहकार्य गर्न सकिन्छ भन्ने छलफल भएको बताए ।सो अवसरमा जिल्ला दैवी प्रकोप तथा विपद् व्यवस्थापन संम्वन्धि सरोकार राख्ने सबै कार्यालयका प्रतिनिधिहरुले विपद् व्यवस्थापनको पुर्व तैयारी तथा त्यसको व्यस्थापनका लागि एकअर्काबीच शहकार्य गर्दे अघि बढ्ने जनाईएको पोखरेलले जनाए ।

१ दर्जन सरकारी तथा गैरसरकारी कार्यालय सम्मिलित तालिममा विद्यमान मुस्ताङको वस्तुगत अवस्था र त्यसको निरुपणका लागि सरोकारवालाले धारणा राखेका थिए ।सेनाको विपद् तालिममा शसस्त्र प्रहरी र नेपाल प्रहरी समेत सहभागिता जनाएका थिए ।तालिममा करिव सय भन्दा बढी सुरक्षाकर्मीलाई तालिम अभ्यास गराईएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ