आफूले ठेक्का लिएको पुल समयमा सम्पन्न नहुनाका कारण यसरी खोले सांसद तुलाचनले

आफूले ठेक्का लिएको पुल समयमा सम्पन्न नहुनाका कारण यसरी खोले सांसद तुलाचनले

34846355_1923364411041574_874730030393982976_n

सडक डिभिजन कार्यालय बाग्ुलुङले मुक्तिनाथ श्रीगिता जेभीलाई ०७१ ज्येष्ठ २ गते ९ करोड ४५ लाख लागतमा स्याङखोला पुलको निर्माणको जिम्मा दिईएको थियो ।

सुरुवातमा १ सय १५ मिटर लम्बाई र ६ मिटर चौडाई रहेको स्याङखोला पुलको डिभिजन सडक कार्यालय बाग्लुङले निर्माण कम्पनीलाई पुन १ मिटर चौडाई बृद्धि गरेर ७.५ मिटर चौडाई बनाउन पुनः पुलको डिजाईन परिर्वतन गर्न निर्देशन गर्यो । जसअनुसार निर्माण कम्पनीले पुन डिपिआर र लागत तयारगरि डिभिजन सडकलाई पेश गरेपछि विभागले १०.८६ प्रतिशतले लागत बढ्नेगरि भेरिएसन आदेश जारी गरेको थियो । सडकले भेरिएशन गरेपछि निर्माण कम्पनीलाई सोही अनुरुप कामलाई अघि बढाउन पत्रचार गरेपछि २०७३ ज्येष्ठ १६ गते स्याङखोला पुलको प्रि डिजाईन र ईष्टमेट पास गरेको थियो ।

निर्माण कम्पनीसंग हालका संघीय प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले पुल बनाउने ठेक्का लिएका थिए । यतिबेला पुलको सबै पिल्लर उठिसकेको छ भने पुलको सबस्टक्चरको काम समेत सकिएको छ । स्याङ खोला पुलको प्रि सर्वे र डिजाईनले मात्रै ढिलाई भएको होईन । यो पुल सुरुआति चरण देखिनै प्राविधिक समस्याले काममा ढिलाई भएको जनाईएको छ । जसअनुसार पुलका लागि भारतबाट झिकाईएको बेरिङ उल्टो परेकाले अर्को झिकाउन समय लागेकाले काम रोकिएको पुलको निर्माण व्यवसायी एवंम् सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए।

सांसद तुलाचनका अनुसार प्रारम्भिक चरणकै वर्षमा लगातार भुकम्प ,नाकाबन्दी तथा देशको आवधिक निर्वाचनले पुलको काममा अवरोध पुगेको र त्यसपछि पुललाई सडककै निर्देशन अनुसार १.५ चौडाई बृद्धि गर्ने जनाएपछि डिपिआर र ईष्टमेट तयार गर्दा समय फ्रिज भएको उल्लेख गरे ।

सडकको योजना मुताबिक पुलको प्रि डिजाईन गर्न करिव १० महिना समय लागेको र साविकको पुलको मोडालिटी र संम्झौतालाई आधार मानेर परिवर्तित पुलको डिपिआरबारे जानकारी नलिई एकाध मिडियाले एक जिम्मेवार सांसदको चरित्र हत्या गर्ने दुराशय राखि बदनीयतपुर्ण र मिथ्या समाचार संम्प्रेषण गरिएको प्रति तुलाचनले आपत्ती जनाए ।‘राजनितिक कुण्ठा साँचेर जिम्मेवार सांसदलाई पुलको बिषय जोडेर बिना सुजबुझ समाचार तयार गरिनु न्यायोचित नभएको,यसमा सत्यता छदैछैन,’तुलाचनले भने‘ पुल बनेन भनेर मनैदेखि सांच्चैकै चिन्ता जाहेर गर्नेहरुले एक पटक सडक विभागमा पुगेर सबै कुरा बुझ्न समेत आग्रह गर्दछु, पुलको काम सकिएन भनेर यसबारे कसैले जवाफ मागे स्पष्टिकरण दिन तयार छु ।’सांसद तुलाचनले भने ।

हिजो सम्म आफु निर्माण व्यवसायी भएको र हाल जनताबाट निर्वाचित जनप्रतिनिधि हैशियत काम गर्दे आएको उल्लेख गर्दे देश र जनता प्रतिको उत्तरदायित्वबारे आफुले राम्ररी बुझेको दावी गरे । पुल बनाउन किन ढिलो भयो भन्ने प्रश्नमा सांसद तुलाचनले देशको आर्थिक बिकास र समृद्धिका लागि कसैसंग संम्झौता नगर्ने र यसबारे चुरोमा पुगेर जानकारी लिए आफु गलत नहुने सुझाए । उनले यस विषयलाई सतही रुपमा अध्ययननै नगरि किनाराबाटै ढुङ्गा बर्सायाउनेहरु प्रति आफु रक्तिभर बिचलित नहुने जनाउदै एक सांसदलाई पुलको विषय जोडेर समाचार संम्प्रेषण गरिन् चरित्र हत्या गर्ने खेल बाहेक केही नभएको दावी गरे ।उनले सांसदको चरित्र हत्या गर्न खोज्नेहरुले आफुले नै निर्माणको जिम्मा लिएको कालिगण्डकी करिडोर अन्तर्गतको जोमसोम÷कोरला सडकको ताङ्वे देखि चैले सडकमा भएको कामको गति र प्रगति हेर्न आग्रह गरे ।

मुस्ताङमा निर्माणधिन कतिपय पुल कालिगण्डकी करिडोर अन्तर्गत बेनी÷जोमसोम र जोमसोम÷कोरला सडक आयोजना अघिनै संञ्चालनमा थिए ।सरकारले उत्तरी कोरलानाका सम्म सडकमार्ग स्तरबृद्धि गर्नेगरि योजना अघि बढाएपछि अन्य पुल जस्तै स्याङखोला पुलको डिजाईन परिवर्तन भएको सांसद तुलाचनको भनाई छ ।सरकारले कोरलानाकालाई लक्षित गरेर स्याङखोला पुलको चौडाई बृद्धि गर्न सडकले निर्देशन दिएपछि प्रि डिजाईन भएकाले समय लम्बिएको सांसद तुलाचनको भनाई छ ।उनले स्याङखोला प्ल तोकिएकै समय संम्पन्न गर्ने सकिने अवस्था रहदा प्रि सर्वेका कारण निर्धारित समय केही लम्बिएको उल्लेख गरे ।

यसो भन्छन् कोरला सडकका आयोजना प्रमुख नरेन्द्र सवेदी:

कालिगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला सडकका आयोजना प्रमुख नरेन्द्र सुवेदीले निर्माधिन आयोजनाहरुको काम संम्पन्न गर्नेबारे आवश्यक परेमा म्याद थप गर्न मिल्ने बताएका छन् ।उनले त्यस्तो अवस्थामा सम्झौता अवधि सकिन एकसाताअघि कन्ट्याक्टरले के कति कारणले म्याद थप्नुपर्ने हो सोको विवरण ख्लाई संम्वन्धित निकायमा पेश गर्नुपर्ने जनाए ।

सुवेदीका अनुसार म्याद थपका लागि नेपाल सरकार, सडक विभागको ऐन ,नियममा व्यवस्था भएको र उल्लेखित अवधिमा म्याद सकिएका सबै आयोजनामा सडक विभागले आवश्यकता हेरेर म्याद थप गर्न सक्ने जनाए ।जसअनुसार सरकारले देशका बिद्यमान अवस्थालाई हेरेर संम्झौता सकिएका आयोजनाहरुमा ९ महिना म्याद थपी सकेको बताए निर्माणधिन स्याङ खोलाको विषयमा सोधिएको एक प्रश्नमा आयोजना प्रमुख सुवेदीले स्याङखोला पुलको निर्माणकार्य भुकम्प र नाकाबन्दीअघि ०७१ ज्येष्ठ २ गते सुरु भएको र पुलको काममा भुकम्प,नाकाबन्दी र आवधिक निर्वाचनले प्रभावित भएकाले म्याद थपका लागि निवेदन जाहेर गरेमा म्याद थप गर्ने ठाउँ रहेको जनाए ।

उनले सुरुआति स्याङ खोला पुल साढे ६ मिटरको रहेको र सरकारको निति अनुसार पछि उत्तर दक्षिण जोड्ने कोरला सडक विस्तार गर्ने क्रममा स्याङखोला पुललाई ७.५ मिटरको बनाईएकाले पुनः डिपिआर निर्माण र लागत स्टमेटका लागि डिजाईन तयार गर्न समय लागेको हुन सक्ने भएकाले पुलको डिटेल सर्वेक्षण गरेर विभागले समय थप गर्नसक्ने जनाए ।उनले समयमा आयोजना संम्पन्न भएन भनेर दोष देखाउने ठाउँ सरकारको नरहेको र स्याङ खोलाको प्राविधिक पक्षको मुल्याङ्कन हेरेर डिभिजन सडकले समय थप गर्नसक्ने प्रष्ट्याए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ