हिमालपारी मुस्ताङमा ‘विश्व क्षयरोग’ दिवस मनाइयो

हिमालपारी मुस्ताङमा ‘विश्व क्षयरोग’ दिवस मनाइयो

29250797_10208588726476170_1599741457_o

सुन्दर कुमार थकाली, मुस्ताङ १० चैत्र । विश्व क्षयरोग दिवस, २४ मार्च । दिवसकै अवसरमा क्षयरोगबारे नागरिकलाई सुसुचित तथा जनचेतना अभिबृद्धि गराउने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय जोमसोमले शनिवार हिमालपारी मुस्ताङमा ¥याली तथा अन्तरक्रिया गरेको छ ।

यसवर्षको राष्ट्रिय नारा ‘सबै तहको सक्रिय नेतृत्वको प्रतिवद्धता,क्षयरोग मुक्त नेपालको प्रतिबद्धता’भन्ने उद्घोष सहित पुथाङ एयरपोर्टबाट निस्किएको विशाल जनचेतानामूलक ¥यालीका सहभागि टोलीले जोमसोम बजारक्षेत्र परिक्रमा ग¥यो ।जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामो गुरुङ,सिडियो रामचन्द्र तिवारी सहित स्वास्थ्यकर्मी,सरकारी तथा गैरसरकारी निकायका कार्यालय प्रमुख तथा प्रतिनिधि,आमा समूह,क्लव,नेपाल प्रहरी,शसस्त्र प्रहरी ,नेपाली सेनाका सुरक्षाकर्मी र पत्रकार सम्मिलित ¥याली जिसस सभाहलमा सभामा परिणत भएको थियो ।

¥यालीपछि आयोजित अन्तक्रियाँ कार्यक्रमलाई शहजीकरण गर्दे जिल्ला स्वास्थ्य कार्यालय जोमसोमका स्वास्थ्य प्रमुख डा.रामशर्मा सुवेदीले नेपालका ४० प्रतिशत मानिस क्षयरोगबाट सक्रमित भएको बताउँदै नियमित औषधि सेवन गरेमा यो रोगबाट मुक्त हुन सकिने बताए ।उनका अनुसार विश्वका बिकसित राष्ट्र युरोप र अमेरिका बाहेक अविकसित राष्ट्रहरुमा क्षयरोग संक्रमित रोगीहरु देखा परेको जानकारी दिए ।‘रोग प्रतिरोधात्मक शक्ति भएका व्यक्तिलाई क्षयरोग देखा पर्छ ।यो रोग संक्रमित रोग हो ’माईक्रो व्याक्टेरिया सुक्ष्म जिवाणुका कारण यो रोग लाग्दछ ।क्षयरोग भएको १ व्यक्तिले १० देखि १५ जना सम्म मानिसलाई सर्न सक्तछ ।’

विश्वमा १ करोड ४ लाख मानिस क्षयरोग संक्रमित छन् ।जसमा वर्षेनी ९६ हजार मानिस क्षयरोगकै कारण मृत्यु हुने र ४४ हजार क्षयरोगी बृद्धि हुँने जिल्ला स्वास्थ्य कार्यालयले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।क्षयरोग २ किसिमको हुन्छ ।फोक्सो भित्र लाग्ने र फोक्सो बाहेक अन्य अङ्गमा लाग्ने क्षयरोग हुन् ।

यो रोग छिटोछिटो सर्ने खतरनाक सरुवा रोग हो ।जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन रामचन्द्र ओझाले मुस्ताङमा २ जना क्षयरोगी देखा परेको जनाए ।उनका अनुसार क्षयरोग पहिचान साँझपख हल्का ज्वरो पसिना आउने,खाना खान मन नलाग्ने,खकारमा रगत देखिने आदी लक्षण हुँने बताए ।

उनले यसको रोगको उपचार डट्स पद्धतीबाट भईरहेको बताउँदै देनिक खानपानमा ध्यान दिनसकेमा यस रोगबाट बच्न सकिने उल्लेख गरे ।‘सुगर र प्रेसर जस्ता रोग भएका व्यक्तिलाई क्षयरोग लाग्ने संम्भावना बलियो हुन्छ’उनले भने‘दैनिककार्य नगर्ने र मोटोपन भएका व्यक्तिलाई विभिन्न संक्रमणकारी रोग देखा पर्दछ।’उनले यसका लागि दैनिक १ घण्टा पसिना चुहिनेगरि काम गरेमा स्वस्थ्य बन्न सकिने जानकारी दिए ।’ क्षयरोग भएका व्यक्तिलाई टिभि लागेको भन्ने गरिन्छ ।

सन् १९९३ मा डट्स पद्धतीमा क्षयरोगको उपचार हुने गरेको छ ।स्वास्थ्य कार्यालयले एचआईभि संक्रमितको रगत जाँच गर्दा टिभिको पनि जाँच गर्ने गरेको छ ।एचआईभि लागेका ८० प्रतिशत बिरामी क्षयरोगकै कारण मृत्यु हँुने गरेको कार्यालयको भनाई छ ।

प्रमुख अतिथि जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले स्वास्थ्य संग सरोकार राख्ने यसप्रकारका कार्यक्रममा स्थानीयतहको भुमिका महत्वपूण हुने उल्लेख गर्दे आगामी दिनमा जिससले यस्ता कार्यक्रमलाई समन्वयात्मक ढंङ्गले अघि बढाउने बताईन् ।उनले यस्ता कार्यक्रम लक्षित बर्गको पहँुच सम्म पुग्न आवश्यक भएको बताईन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रामशर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन फोकल पर्सन रामचन्द्र ओझाले गरेका थिए ।मुस्ताङमा १ जिल्ला स्वास्थ्य कार्यालय,१ प्राथमिक स्वास्थ्यकेन्द्र र १५ स्वास्थ्य चौकी छन् भने साविकका बिकट गाउँमा ३२ गाउँघर स्वास्थ्य क्लिनिक छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ