१०४ वर्षीय बृद्धको घरको छतबाट खसेर ज्यान गयो

१०४ वर्षीय बृद्धको घरको छतबाट खसेर ज्यान गयो

death

कावासोती । नवलपुरको कावासोतीमा घरको छतबाट खसेर १०४ बर्षीय बृद्धको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती नगरपालिका वडा नम्बर ३ का गोबिन्द क्षेत्रीको घरको छतबाट खसेर सोही ठाउँका वर्ष १०४ का बोधिलाल रेग्मीकोे छतबाट खसेर मृत्युु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पुर्बी नवलपरासीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार छतबाट खसेका रेग्मीको घटनास्थलमा नै ज्यान गएको थियो । क्षेत्रीको घरको छतमा रहेको मन्दिरको दर्शन गर्न गएका रेग्मीको छतबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको बिस्तृत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ