काठमाडौँ, ७ फागुन / नेपालका दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलको एकता संयोजक समितिको बैठकले नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको हो ।
दुई दलबाट गठित एकता संयोजन समितिको करिब चार घण्टासम्म चलेको बैठकपछि पार्टी एकताका लागि सात बुँदे सहमतिपत्र हस्ताक्षर भएको हो । सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित संयोजन समितिका सदस्यहरुले हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा हस्ताक्षर गरेपछि बाहिरिँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले दुईजना अध्यक्ष रहने गरी एकताको सहमति भएको बताए । ‘नयाँ पार्टीमा दुईजना अध्यक्ष रहने गरी हामीले सहमति जुटाएका छौँ’, उले बैठकपछि पत्रकारहरुसँग भने,’बैठककको अध्यक्षता पनि ओलीजी र मैले पालै पालो गर्नेछौँ ।’
बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सहमतिका ७ बुँदा पढेर सुनाएका थिए। उनले सहमतिका बुँदा वाचन सक्ने बित्तिकै पत्रकारले प्रश्न तेर्स्याए- एकता कहिले गर्ने? आलोपालो नेतृत्वको कुरा के हो ? राष्ट्रपति, सभामुख, उपसभामुख लगायतको बाँडफाटका विषयमा के भयो? पत्रकारका प्रश्नको जवाफ एमाले महासचिव ईश्वर पोखरेलले दिए। उनले भने- ‘हाम्रो बीचमा जे सहमति भएको छ, औपचारिक ढंगमा लिखितरुपमा सार्वजनिक गरेका छौँ। यो समझदारी बाहेक कतिपय कामहरू गर्ने शिलशिलामा भोलि छलफल गर्दै टुंगो गर्दै जानुपर्ने हुन सक्छ। जे समझदारी गरिएको छ जस्ताका तस्तै प्रस्तुत गरिएको छ।‘
ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का वीचमा एकीकरणका प्रारम्भिक आधारहरु
१) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।
२) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।
३) ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।
४. नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।
५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।
६. प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रीयता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै समाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निमार्ण गरिनेछ ।
७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।

सम्बन्धित खबर
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, ग्याम्म छुरी हान्छ: ओली
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने