सूर्य तिमिल्सिना,पोखरा । पछिल्लो समय लागुपदार्थ दुर्व्यसनीमा युवापुस्ता फँस्दै गएको बिभिन्न अनुसन्धानबाट पुष्टी भएको छ । तपाईंका आफन्त वा छोराछोरीको स्वभाव, बोल्ने शैली र दैनिकी अचानक परिवर्तन हुँदै गएको छ, शरीर कमजोर बन्दै गएको छ भने सचेत हुनुहोस् उनीहरु लागुपदार्थको दुर्व्यसनमा फसेकोे हुन सक्छन् ।
झगडा गरेर चाहिनेभन्दा बढी पैसा माग्नु, घरबाट पैसा र बहुमूल्य समान हराउँदै जानु, शौचालयमा लामो समय बिताउनु, शरीरमा काटिएको खत देखिनु, घरमा ढिलो आउनु, छटपटी हुनु, शरीर काम्नु, सुत्ने र उठ्ने समय अचानक परिवर्तन हुनु, आँखा रातो हुनुु, आँसु आइरहनु, बोली लर्बरिनु, आँखा जुधाएर कुरा गर्न नसक्नु, सरसफाइमा ध्यान नदिनुु, एक्लोपन रुचाउनु जस्ता मुख्य लक्षण लागुऔषध प्रयोगर्तामा देखिन्छन् ।
सरकारी तथ्याङ्क अनुसार एक लाख ३० हजारको हाराहारीमा नेपालमा कडा लागुपदार्थ सेवन गर्नेको सङ्ख्या रहेको र त्यसमध्ये सात प्रतिशत महिला छन् । प्रतिवर्ष ११ दशमलव ३६ प्रतिशतका दरले दुव्र्यसनीको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्था यो सङ्ख्या दुई लाखभन्दा बढिरहेको जिकिर गर्छन् । गाँजा, रक्सी जस्ता वस्तुलाई कडा लागु पदार्थको परिभाषा अन्तर्गत राखिएको छैन । नेपालमा सबैभन्दा बढी काठमाडौँ र क्रमशः सुनसरी, कास्की, मोरङ, झापा, रुपन्देही, चितवन र बाँके जिल्लामा लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले गरेको संयुक्त अध्ययनले देखाएको छ ।
कुनै पनि औषधि जसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नाका साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ भने त्यसलाई लागुऔषध भनिन्छ । यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ । लागुऔषधलाई स्वापकजन्य वा पीडाहर, अवसादक वा आलस्यजन्य, उत्तेजक र मतिभ्रामक गरी चार किसिममा वर्गीकरण गरिएको पाइन्छ ।
बाबुआमाले छोराछोरीलाई आवश्यक ध्यान नदिई पारिवारिक वातावरण बिग्रँदा, साथीभाइको लहलहै, निराशा, असफलता र यस्ता वस्तु बेच्ने गिरोहको करकापका कारण लागुपदार्थको प्रयोग गर्ने गरेको भेटिएको छ । नेपालमा सन् ६० को दशकमा हिप्पीहरुको प्रवेशसँगै गाँजा र अफिमको प्रयोग बढेको भेटिन्छ । सन् ९० को दशकमा आइपुग्दा गाँजा, अफिममा सीमित नरही हेरोइन, ब्राउन सुगर जस्ता महंँगा लागुऔषको प्रयोग बढेको भेटिन्छ ।
लागु पदार्थ दुर्व्यसनी बिरुद्ध युवाले चलाए अभियान
बिभिन्न बाहनामा युवा पुस्तामा बढ्दै गएको दुर्व्यसनी न्यूनीकरणको लागि युवाहरुले अभियान नै चलाएका छन् । पोखरा महानगरपालिका-२७ खोलाको डिल स्थित सृजनशील युवा क्लबमा आबद्ध युवाहरुले सो अभियान चलाएका हुन् ।
गेट विल फाउन्डेसनको सहकार्यमा शनिबार देखि सुरु गरिएको अभियानमा बिभिन्न संघ संस्था लगायत स्थानीय हरुको समेत ब्यापक सहभागिता थियो ।लागुपदार्थ दुर्व्यसनी पछिल्लो समय बिकराल समस्याको रुपमा खडा भई समाज नै विकृत हुँदै गएपछि युवाहरुले यो अभियान चलाएको क्लबका अध्यक्ष महेश अधिकारीले बताए । त्यस्तै,क्लबका सल्लाहकार एबम पुर्व अध्यक्ष प्रकाश राई भाटले युवा लक्षित कार्यक्रम युवाहरु द्वारा नै सुरु गरिएकाले यसमा सबैको साथ र सहयोग रहने बिश्वास व्यक्त गरे ।शनिबार आयोजित सो कार्यक्रमको संचालन क्लबका सचिब निरज लामिछानेले गरेका थिए ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला