पोखराको औद्योगिक क्षेत्रमा मोटरसाईकल दुर्घटनाः एकको मृत्यु, एक घाईते

पोखराको औद्योगिक क्षेत्रमा मोटरसाईकल दुर्घटनाः एकको मृत्यु, एक घाईते

bike accident

प्रतिकात्मक चिन्ह

पोखराको औद्योगिक क्षेत्रमा शनिबार मध्येराती मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा पोखरा १३ का देवदास गुरुङ रहेका छन् ।

राती साढेँ १ बजेतिर दुई मोरसाइकल ठोक्किएका थिए । ग१०प ४७५० र ग४प २२५४ नम्बरका मोटरसाइकल ठोकिँदा दुबै मोटरसाइकलका चालक घार्इते भएका थिए । घाइते भएका दुबैको पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल उपचार लागि लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि पोखराको फिष्टेल अस्पतालमा पु¥याएको कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

फिष्टेल अस्पतालमा चिकित्सकले गुरुङलाई मृत घोषणा गरेका थिए । अर्का मोटरसाइकल चालक पोखरा २६ बुढिबजारका अनिल अधिकारीको अहिले पोखराका गण्डकी मेडिकल कलेजको आसियुमा उपचार भईरहेको केसीले जानकारी दिए । अधिकारी पोखराबाट लेखनाथ जाँदै थिए भने गुरुङ चाउथेबाट अमरसिंहचोक तर्फ आउँदै गर्दा दुर्घटना भएको उनले बताए । दुर्घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

(फाईल तस्विर)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ