दोविल्ला पुल र बस्ती संरक्षणका लागि बनाइएको तटबन्ध उपयोगी

दोविल्ला पुल र बस्ती संरक्षणका लागि बनाइएको तटबन्ध उपयोगी

dobilla

पोखरा । पोखरा १७ र २१ जोडने दोविल्लास्थित फुस्रेखोला माथिको पुल यस वर्ष भने पहिले जस्तो जोखिम भएन । कारण, नदि कटान रोक्न तटबन्ध गरिएको छ । यसले राम्ररी काम पनि गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले कटान क्षेत्रको आज निरीक्षण गरेका छन् ।

फुस्रेखोलाको कटानका कारण समय समयमा जोखिममा पर्ने गरेको पुल र आसपासको सडक सहितको बस्तीको उनले निरीक्षण गरेका हुन् ।  विगत केही बर्ष यता बर्षेनी खोलाको कटानको कारण जोखिममा परेको दोविल्ला पुल नजिकै गत बर्षबाट तटवन्ध गरी नियन्त्रणको प्रयास गरिएको छ । अवलोकनका क्रममा स्थानीय वासिन्दा र सरोकारवालसंग अन्तकृया गर्दै उनले पुल र वस्तिको संरक्षणका लागि प्रदेश सरकारको तर्पmबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सेतीनदी र फुस्रेखोलाको संगमस्थलकारुपमा रहेको दोविल्ला क्षेत्रको संरक्षण गरि जोखिम न्यूनिकरणका लागि तत्काल कटान नियन्त्रणमा सम्वन्धित निकायबाट तदारुक्ता देखाउनु पर्ने स्थानीय वासिन्दाले मुख्यमन्त्रीसंग माग राखेका थिए । दुवै नदीको कटानले सो क्षेत्रमा सहारा क्लवद्धारा सञ्चालित सहारा एकेडेमि लगायतका विभिन्न संघसंस्था सहित ठूलो वस्ति र जग्गा समेत कटानको उच्च जोखिममा परेको स्थानीय कमलमोहन पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ