पोखरा रामबजार स्थित नेशनल फर्निचरमा आगलागी, ५० लाख बराबरको क्षति (फोटो फिचर)

पोखरा रामबजार स्थित नेशनल फर्निचरमा आगलागी, ५० लाख बराबरको क्षति (फोटो फिचर)

Furniture (1)

गण्डक न्यूज, ६ कार्तिक । पोखरा १० गौरीमार्ग रामबजार स्थित नेशनल फर्निचर उद्योगमा मध्यराति आगलागी भएको छ । आगलागीबाट ५० लाख बराबरको क्षति भएको सञ्चालक दिलबहादुर केसीले दाबी गरेका छन् ।

सोमबार राति साढे १ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको थियो । ‘कसैले चुरोटको ठुटो फालेर विस्तारै सल्किएको हुनसक्छ । हिँड्ने बाटो नजिकै छ । इलेक्ट्रिक शर्ट भएजस्तो लाग्दैन’ केसीले भने– ‘चाँडै नै दमकल आयो, साढे १ बजेतिर नियन्त्रणमा आयो ।’

उनका अनुसार एक ठाउँमा आगोले सखाप पारेपनि अन्य ठाउँमा दमकलले निभाउन पाएकाले अझै क्षति हुनबाट जोगियो । २५ वर्ष अघिबाट सञ्चालनमा आएको सो फर्निचर उद्योगमा पलङ, दराज, खापाहरु जलेर नष्ट भएका हुन् ।

स्टोरमा ल्याउनु अगाडिका निर्माणाधिन सामाग्रीहरु जलेर नष्ट भएको, चार वटा मोटर समेत ध्वस्त भएको, पूराना सालको काठले बनाइएको टहरोजति जलेर नष्ट भएको केसीको भनाई छ ।

तस्विरः सुदर्शन रञ्जित

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ