पोखरामा अप्रेसन गर्दा बिरामीको आन्द्रामा प्वाल पर्याे, चिकित्सकको लापरबाही !

पोखरामा अप्रेसन गर्दा बिरामीको आन्द्रामा प्वाल पर्याे, चिकित्सकको लापरबाही !

hospital

पोखरा । पोखराको ‘निदान आयुर्वेद क्लिनिक’ का चिकित्सकहरुले उपचारको क्रममा लापरबाही गरेको कारण बिरामीको आन्द्रामा प्वाल परेको भन्दै बिरामीका आफन्तहरु प्रदर्शनमा उत्रिएका छन् । पायल्सको समस्या देखिएपछि उपचार गर्न क्लिनकमा पुगेका पोखरा महानगरपालिका वडा नम्बर २ का १८ बर्षिय श्रीप्रसाद पुनको आन्द्रामा प्वाल परेको भन्दै आइतबार बिरामीका आफन्तहरु प्रदर्शनमा उत्रिएका हुन् ।

बिरामीका आफन्तहरुले श्रीप्रसादको उपचारको क्रममा चिकित्सकहरुले लापरवाही गरेकै कारण आन्द्रामा प्वाल परेको भन्दै दोषिलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेको बताएका छन् । केही समय अघि उक्त क्लिनकमा उपचार गराएका श्रीप्रसादलाई थप उपचारका लागि मनिपालमा पु¥याएपछि ठुलो आन्द्रामा प्वाल परेको देखिएको छ ।

मनिपाल अस्पतालले दिएको रिपोर्ट अनुसार बिरामीको आन्द्रा फुटेर फोहोर यताउति निस्किएको आफन्तले जनाएका छन् । बिरामीको भविष्यको जिम्मेवारी लिएर सम्पूर्ण उपचार खर्च क्लिनिकले बेहोर्नु पर्ने बिरामीको आफन्तले माग गरेका छन् । आन्दोलनको ‘नेतृत्व नेपाल पुनमगर संघ, कास्कीले गरेको   छ ।

क्लिनिकका डाक्टर प्रफुल्ला चन्द्र यादवले उनलाई फिस्टुलाको समस्यासमेत भएको र अप्रेसन गरेपछि झनै समस्या बढ्न थालेको थियो । अप्रेसन गरेपछि बिरामीको व्यथा झनै बढ्न थालेपछि क्लिनकबाट गत वैशाख १० गते ‘मनिपाल अस्पताल’मा रेफर गरेको उनले बताए ।

तर, आन्दोलनका नेतृत्व गरेका खेम पुनमगरले आफुहरुको मागलाई क्लिनकले पुरा नगरे झनै वृहत आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

तस्विरः श्याम रानामगर/रातोपाटीबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ