पोखरा विश्वविद्यालयमा विद्यार्थीको प्रदर्शन, प्रहरीले हस्तक्षप गर्दा एक विद्यार्थी घाइते

पोखरा विश्वविद्यालयमा विद्यार्थीको प्रदर्शन, प्रहरीले हस्तक्षप गर्दा एक विद्यार्थी घाइते

Pokhara-University student

पोखरा : पोखरा विश्वविद्यालयमा विद्यार्थी संगठनहरुले गरेको बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षप गर्दा एक विद्यार्थी घाइते भएका छन् ।

विश्वविद्यालयले नियम विपरित भर्ना गरेको विद्यार्थीलाई परीक्षामा सहभागि गराउन सर्वाेच्चले दिएको आदेशको विरोधमा आइतबार विद्यार्थीहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षप गर्दा विद्यार्थी मुकेश मेहता घाइते भएका  हुन् ।

क्याम्पसले भर्ना गरेको तीन सय ४४ विद्यार्थीलाई परीक्षामा सहभागि गराउन सर्वोच्चले आदेशको दिएको थियो । सोहि आदेशको विरोधमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी), नेविसंघका विद्यार्थीहरुले प्रदर्शन गर्दै केन्द्रीय क्याम्पसका सम्पूर्ण कार्यकक्षमा तालाबन्दी गर्न खोज्दा प्रहरीको हस्तक्षेपबाट मेहता घाइते भएका हुन् । हाल उनको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ