साफ च्याम्पियनसीप– बंगलादेशविरुद्ध नेपालको शानदार जीत

साफ च्याम्पियनसीप– बंगलादेशविरुद्ध नेपालको शानदार जीत

nepal

पाँचौं चरणको १५ वर्ष मुनिको साफ फुटबल च्याम्पियनसीपअन्तर्गत बंगलादेशसँगको खेलमा नेपाल ४–१ गोल अन्तरले विजयी भएको छ । भारतको कल्याणीमा जारी प्रतियोगिता अन्तर्गतको तेस्रो खेलमा नेपाले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपालको जीतमा कृषन यादवको ठूलो योगदान रह्यो । कृषन एक्लैले २ गोल गरे । यस्तै, सुगन जिमी र प्रदिप लम्सालले १–१ गोल गरे । आजको जीतसँगै नेपालको फाइनल पुग्ने संभावना बलियो बनेको छ । अबको खेल नेपालले बिहीबार भुटानसँग खेल्ने छ । नेपाल पहिलो खेलमा भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले श्रीलंकालाई २–० ले हराएको थियो । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ