सेन सोहोर्न ब्यस्त मनाङेहरु (तस्विरमा हेर्नुहोस्)

सेन सोहोर्न ब्यस्त मनाङेहरु (तस्विरमा हेर्नुहोस्)

sen (3)

नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङमा जाडो बढ्दै जाँदा किसानहरु सेन सोर्नमा ब्यस्त छन् । सल्लाको पातको सोतरलाई नै मनाङको स्थानीय भाषामा सेन भनिने गरिन्छ ।

अबको करिब चार महिना अति जाडो हुने र हिउँ पर्ने हुनाले लेक तथा खर्कहरुबाट याक, चौरी, भेडा, च्याङग्रा, बाख्रा लगायत गाईबस्तुहरु मनाङ जिल्लाको तल्लो भागहरुमा झारिन्छ ।

सोहि गाईबस्तुहरुको जाडोमा न्यानो बनाउन सेन (सोतर) सोर्ने चलन छ । कुखुरा लगाएतका पशुपन्छीहरुलाई चिसोको समयमा न्यानो बनाउनुको साथै मल पनि हुने भएकोले यो समयमा मनाङका किसानहरु सेन सोर्नमा ब्यास्त देखिन्छन् ।
अबको करिब चार महिना हिमपात हुने भएकोले चार महिनालाई पुग्ने गरि यो समयमा मनाङमा सेन सोर्ने परम्परा छ ।

हिमपातको समयमा गाई बस्तु तथा पशुपन्छीलाई न्यानो पार्न सेनको प्रयोग गरिने स्थानीय बासी सन्तोष लामाले बताए ।
मल पनि हुने र गाईबस्तुको गोठमा सेन ओछ्याउदा न्यानो पनि हुने भएकोले यो समय जंगल गई सेन सोरेर घरमा सुरक्षित ठाउँमा जम्मा पार्ने चलन रहेको स्थानीय बासी धनमायाँ बि.क.ले बताईन । अन्य सोतर भन्दा सल्लाको पातको सोतरले न्यानो पार्ने उनको भनाई छ ।

सल्ला पातको (सेन) सोतर कुखुराको खोरमा ,बङगुरको खोरमा र गाई बस्तुको गोठमा सोतरको रुपमा बिछाईन्छ । सेन सोर्नका लागी स्कुल बिदाको समयमा आफ्ना अभिभावकलाई सघाउन बालबालिका समेत जाने गरेको धनमायाँ बि.क.की छोरी आशा बि.क.ले बताईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ